nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कथित संघर्ष समितिको लघुवित्तप्रतिको गैह्रकानूनी गतिविधिविरुद्ध एकजुट हौँ र भण्डाफोर गरौँ

सजिलो पोस्ट सजिलो पोस्ट
असार ३१, २०७९, १०:२६ मध्यान्ह
कथित संघर्ष समितिको लघुवित्तप्रतिको गैह्रकानूनी गतिविधिविरुद्ध एकजुट हौँ र भण्डाफोर गरौँ

अर्जुन प्रसाद पोखरेल : विपन्न तथा पिछडिएको समुदायलाई साना बचत तथा कर्जा सेवा उपलब्ध गराउने, विपन्न ग्राहक सदस्यहरुलाई भरपर्दो, विश्वसनीय र गुणस्तरीय वित्तिय सेवा उपलब्ध गराउने, कृषि, उद्मोग, व्यापार तथा व्यवसायिक रुपमा सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना र कृषि क्षेत्रको विकासमा स्थिर गतिशिलता ल्याउने, सीप, श्रम र पुंजीलाई एकिकृत गर्दै उचित परिचालन गर्ने, स्वरोजगार निर्माण गर्ने र गरिवी निवारणमा सकृय सहयोग गर्ने जस्तो महान उदेश्य लिएर नेपाली समाजलाई सक्षम, सवल समृद्ध र विभेदरहित बनाउने दुरदृष्टि राखेर नेपाल राष्ट्र बैंकको प्रत्यक्ष सुपरभिजन हुने गरी नीति, नियम र निर्देशन भित्र रहने गरी (घ) वर्गको ईजाजत प्राप्त भई आधिकारिक रुपमा वित्तिय कारोवार गर्ने गरी दर्ता भएको, नेपाल सरकारको कम्पनि रजिष्ट्ररमा दर्ता भएको, घरेलु तथा साना उद्मोगमा दर्ता भएको र नेपाल सरकारको धितोपत्र बोर्डमा दर्ता भएका लघुवित्त संस्थाहरु २०७८ चैत्रको तथ्यांक अनुसार नेपालमा ६५ वटा छन् ।

यि लघुवित्तमा आबद्ध भई कारोवार (बचत तथा कर्जा सेवा उपभोग) गर्ने सदस्यहरु ५७ लाख ७२ हजार १ सय ५५ जना छन् भने तीन सदस्यलाई सेवा दिनेगरी २३ हजार ३ सय ५२ जना कर्मचारीहरु यस क्षेत्रमा कार्यरत छन् । यि लघुवित्तहरुको शाखा सञ्जाल अति सुगम राजधानी काठमाण्डौ देखि अति दुर्गम कर्णालीका डोल्पा र हुम्लामा समेत गरी ७७ वटै जिल्लामा फैलिएको छ । २०७८ चैत्र मसान्त सम्म ५७ लाख ७४ हजार १ सय ५५ जनाको रु.१ खर्ब ५२ अर्ब ६२ करोड ३२ लाख बचत संकलन भएको छ भने ३२ लाख ४७ हजार २ सय ७६ जनासंग रु.४ खर्ब ४९ अर्ब १ करोड ६० लाख कर्जा बांकी छ । देशको अर्थतन्त्रमा यत्रो गतिशिल ल्याउने लघुवित्तहरु जसले राष्ट्रलाई हरेक वर्ष अरबौ रकम कर बुझाएको छ भने लाखौ रकम त यसमा आबद्ध कर्मचारीहरुले मात्र कर बुझाएका छन् । अनि कर लिने सरकार, त्यहि करको तलब खाने सुरक्षाकर्मीहरु किन आज मौन ? के यसको जबाफ नेपाल सरकार र सुरक्षाकर्मीले दिनु पर्दैन ? आज एउटा प्रश्न खडा भएको छ । आफ्नो आवश्यकता पुरा गर्न, व्यवसाय संचालन गर्न भनेर विभिन्न लघुवित्तमा बसेर कर्जा लिने, त्यतिले नभएर अन्य दिदी बहिनीहरुको समेत कर्जा आफै चलाउने अनि कर्जा नतिर्ने, तिर्न जानेलाई समेत बाटो रोकि तिर्न पर्देन भन्ने, कर्जा संकलन गर्न जाने कर्मचारीलाई हातपात गर्ने, धम्क्याने जस्ता गतिविधि देशका अधिकांश ठांउमा कर्जाको दुरुपयोग गर्ने दुई चार जना ब्यक्तिहरुले संघर्ष समितिका नाममा हाउगुजी चलाईरहेका छन ।

कतै व्यक्तिगत रुपमा तर्साएका छन् त कतै धेरै मानिस जम्मा पारेर आमसभा मार्फत थर्काएका छन् । यस्तो पनि हुन्छ । आधिकारीक रुपमा वित्तिय कारोवार गर्ने संस्था र यसमा आवद्ध कर्मचारीको सुरक्षाको प्रत्याभुति कसले दिने ? सम्पत्तिको रक्षा कसले गर्ने ? नेपालको संविधान बमोजिम मौलिक हकको अधिकार यि संस्थाहरुको र यसमा आबद्ध कर्मचारीहरुको हुन्न ? वित्तिय संस्थाबाट ऋण लिएर तिर्न नपर्ने नेपालको संबिधानको कुन धारामा लेखिएको छ । यसरी आधिकारिक संस्थाहरुलाई कर्जाको दुरुपयोग गर्ने दुई चार जना व्यक्तिहरुले थर्काउदा, धम्क्याउदा, खुल्लेआम ऋण नतिर्ने उद्घोष गर्दा, संस्था खारेज गर्नु पर्छ भन्दा अन्यलाई समेत ऋण तिर्न रोक्दा अनि संघर्ष समितिका नाममा गैह्रकानुनी चन्दा संकलन गर्दा यो देशका अख्तियार प्राप्त अधिकारीहरु के हेरेर बसेका छन् । नेपाल सरकार के हेरेर बसेको छ ? देशमा प्रजातन्त्र छ भन्दैमा, बोल्ने हक अधिकार छ भन्दैमा जे बोल्न पनि पाईने हो ? जे गर्न पनि पाईने हो ? यदि हो भने काठमाण्डौको सडकमा मकै पोल्न किन नपाएको त ? यदि होईन भने ऋण नतिरि संस्था खारेज गर्नुपर्छ भनेर गैह्रकानुनी चन्दा संकलन गर्नेहरुलाई किन कारबाही भएन त । यि वयक्तिहरु जुन ठांउमा छन्, जस्तो अव्स्थामा छन् ततकाल गिरफ्तार गरेर कानुनी कारबाही गर्नुपर्छ की पर्दैन ? यस घटनाप्रति नेपाल सरकारको धारणा नेपाल राष्ट्र बैंकको धारणा तत्काल सार्बजनिक गरियोस किनकी यस घटनाले भोलिका दिनमा कुनै अप्रिय घटना घट्न गएमा जबाफ कसले दिने । के दिने, बुढि मर्नु ठुलो कुरा होईन काल पल्कनु चै गम्भीर कुरा हो । यसको बेलैमा उपचार गरौ अन्यथा ढिलो भएमा उपचार नलाग्ला । 

देशको चौथो अंगका रुपमा रहेको पत्रकारीता क्षेत्रका पत्रकारहरुले पनि काम नभए सरकारी कार्यालयमा सेवामुखीले सेवा छिटो छरितो रुपमा भएको छ या छैन सरकारी कार्यालयमा धाउनु होला, काम भए बापत कुनै रकम खर्च भयो वा भएन सेवामुखिलाई सोध्नु होला, बजेट परेका योजानाहरु समयमा भए भएनन् निगरानी राख्नु होला, काम गुणस्तर छ की छैन हेर्नुहोला, हस्पीटलमा बिरामीले उपचार समयमा पाएको छ छैन ख्याल गर्नु होला, सरकारी स्कुलका शिक्षक स्कुल गएको छ की राजनैतिक संगठनको बैठकमा गएको छ निरीक्षण गर्नु होला । अनि एउटा गरिबले कर्जा पाएको छ वा छैन र कसरी गरिबले कर्जा पाउदो रहेछ भनेर जान्न कुनै पनि लघ्ुवित्तको कार्यालय जानुहोला अनि बल्ल देख्नु हुनेछ लघुवित्तले विपन्न परिवारलाई गर्ने सेवा वा समस्या तर लघुवित्तमा विपन्नको नाममा बिचौलियाहरु घुसेर लघुवित्तबाट ऋण लिने, अन्य सदस्यको नामको ऋण आफै चलाउने अनि उत्पादशिल क्षेत्रमा लगानी नगरी राजनिति गर्ने, मोजमस्ति गर्ने, सबै लगानी सक्ने किस्ता नतिर्ने अनि ऋण दिन पर्योे भन्ने अनि लघुवित्तले त्यस्तो ब्यक्तिलाई ऋण रोकिदिंदा घरपरिवार र दैनिक गुजारा चन्न नसके पछि गनिराम, सिता, रिष्नुमाया र एलिन (नाम परिवर्तित) जस्ता व्यक्तिहरु संघर्ष समितिको नामबाट आन्दोलन गर्ने, विरोध गर्ने, समाज भड्काउने र गैह्रकानुनी चन्दा संकलन गर्ने जस्ता कार्य अमार्यादित र नेपालको संविधान बिपरितका गतिबिधि भएकोले बैकिङ्ग कसुर अभियोगमा कारबाहि किन गरिएन क वर्गसंग कर्जा कारोवार गर्ने ईच्छाराज तामाङ्गलाई लाग्ने कानुन घ वर्गसंग कर्जा कारोवार गर्ने गनिराम जस्तालाई किन लागेन ? उल्टो त्यस्ता ब्यक्तिहरुलाई राष्ट्रिय प्रशारण टेलिभिजनमा स्थान दिईनु निकै लज्जास्पद देखिन्छ अझै त्यस कार्यक्रममा भएका संवाद सुन्दा त तिनै व्यक्तिहरुको नैतिकता छर्लङ्ग प्रष्टिन्छ । उक्त व्यक्तिहरुसंग गरिएका संवादको केहि अंश तल प्रस्तुत् गर्ने प्रयास गरिएको छ ।

पत्रकार महोदय, हामी गम्भीर विषयमा छलफल गर्न गईरहेका छौ, नेपाली जनताहरु कति समस्यामा छन्, कति पीडामा छन्, कति सकसमा छन्, कति अन्यायमा परेका छन् र कतिपय नारि महिलाहरुले त आत्महत्या गर्न बाध्य भएका छन्, किन यस्तो भयो त, लघ्ुावित्तले किन ठग्यो त जनतालाई बताउनुहोस के भयो, किन आउनु भयो, के समस्या पर्याे ।
कथित पीडितको भनाई : व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन् । (के यो भनाई लघुवित्तले ठग्यो भन्ने भनाई संग मेल खान्छ ?)
लघुवित्तहरु धेरै आए, महिलाहरुलाई संगठित बनाए, चर्को ब्याज, चर्को सेवाशुल्क र अनुत्पादक क्षेत्रमा लगानी भएको कारण लाखौ महिला समस्यामा परे, हजारौ विस्थापित भएका छन् र सयौले आत्मा हत्या गरिसकेका छन् (महिलाहरुलाई समुहमा आबद्ध हुन लघुवित्तहरुले बलजफ्ती लगाएका हुन्, कुनै लघुवित्तले नेपाल राष्ट्रबैंकको निर्देशन अनुसार १५ प्रतिशत ब्याज भन्दा बढि लिएको छ, कुनै लघुवित्तले नेपाल राष्ट्रबैंकको निर्देशन अनुसार सेवाशुल्क १।५ प्रतिशत भन्दा बढि लिएको छ अनि चर्को ब्याज कसरी मेल खायो, लघुवित्तमा बिचौलिया बनेर समुहमा आबद्ध भई बाख्रा पालन, तरकारी खेती, कृषि कार्य र बंगुर पालन जस्ता उदेश्यमा कर्जा लिने, कर्जा लिने सोझासिधा दिदी बहिनीलाई बिभिन्न प्रलोभन देखाई कर्जा आफैले चलाउने, राजनिति गर्ने र उत्पादनशिल क्षेत्रमा लगानी नगर्ने अनि यो गल्ति लघुवित्तको हो । के बलै लघुवित्तले ऋण दिएको हो । अनि लाखौ महिला समस्यामा परे, हजारौ बिस्थापित भएका छन् र सयौले आत्मा हत्या गरिसकेका छन् समेत भनिएको छ को को महिला समस्यामा परे र के कारणले समस्यामा परे, को को महिला बिस्तापित भए कहांबाट कहां बिस्तापित भए र को को महिला लघुवित्तको ऋण तिर्न नसकेर आत्म हत्या गरे यसको डाटा पेस होस र छानविन होस र यस्ता झट्टा कुराको भ्रम श्रृजना गर्ने माथि कानुनी कारबाही होस । 

यसर्थ कुनै पनि कोणबाट पिडित भनिने ब्यक्तिको भनाईबाट लघुवित्तले ठग्यो, समस्यमा पार्याे भन्ने कुराको पुष्टि हुंदैन बरु चितवनमा जांऊ, सल्यानमा जांऊ, दाङ्गमा जांऊ र गुल्मीमा जांऊ र अध्ययन गरौ त्यहांका समुदायमा को बाट अन्याय र अत्याचार भएको छ । लघुवित्तबाट हो या बिचौलियाबाट ?

के गर्याे लघुवित्तले
कतिथ दोश्रो पीडतको भनाई : लघुवित्तमा बस्यो बीस हजार, तीस हजार, पचास हजार, एक लाख गर्दा गर्दै धेरै ऋण भयो, त्यसलाई तिर्न अर्कोमा बसेर ऋण लियौ यसरी गर्दा गर्दै धेरै ऋण भयो यसरी लघुवित्त संस्थाले धेरै पीडामा पार्याे, ऋण तिर्दा तिर्दै एघार–बाह्र वर्ष कट्यो हाम्ले नसक्ने अबस्था भयो कसरी तिर्ने । (विभिन्न नक्कली उदेश्य राखेर ऋण झिक्ने उदेश्य अनुसार काम नगर्ने, ऋण तिर्नको लागि ऋण झिक्ने अनि धेरै ऋण भयोरे, किन धेरै लिएको, के का लागि लिएको, सो काम किन नगरेको, ऋण दिने बेला बाह्र बर्ष सम्म लघुवित्तले ठगेन, ब्याज चर्को भएन, पिडा दिएन जब ऋण तिर्न पर्छ भन्यो अनि ठग भयो, पिडा दियो र ब्याज पनि चर्को भयो के बित्तिय संस्था दाता हो चन्दा दिएको हो लगानी गरेको ऋण फिर्ता गर भन्दा लगाईएका सबै आरोप ऋण नतिर्ने बहाना जस्तो मात्र देखिएकोले कथित पिडितको कुरासंग सहमत हुन सकिएन)
पत्रकार महोदय, कसरी मर्न बाध्य बनायो । हामी त सहयोग गर्ने मान्छे यस्ता धेरैलाई सहयोग गरेका छौ महिलालाई सहयोग नगर्ने कुरै भएन नी ।

कतिथ तेश्रो पीडितको भनाइ : लघुवित्तको ज्यादती धेरै भयो । ऋण दियो योजना दिएन । एउटा ब्यक्तिलाई बाह्र तेह्रवटामा राखेको छ त्यो भनेको मर्ने अबस्था बनाएर राखिरेहेको छ । घरमा बस्न नसकेर जङ्गलमा दिनभरी लुकेका छन । (ज्यादति धेरै भयो भनेको के हो, ऋण दिएर एक महिना पछि किस्ता माग्नु ज्यादती हो, एउटा टुक्रा जमिन नभएको मानिसलाई ऋणमा पत्याउनु ज्यादति हो, गांउघरमा नपत्तिनि ब्यक्तिलाई बिश्वास गरेर ऋण दिनु ज्यादती हो वा के हो । व्यक्तिले योजना बनाई लगानी गर्ने र त्यसमा आफ्नो पुंजीले नपुगे मात्रै बैंकबाट ऋण लिने होकि बैंकले योजना बनाएर ऋण दिने हो । बाह्र तेह्रवटामा लघुवित्तले राखेको की आफै बसेको, पहिला चै म बस्दीन भन्न किन नसकेको, त्यत्रोमा बसेर ऋण लिन किन सकेको । ऋण लिन भन्दा अगाडि किन नसोचेको । ऋणको किस्ता माग्न जादा कर्मचारीसंग भेट नहुन जङ्गल भाग्ने, कर्मचारी भेट गर्न घरमा आउछ भनेर जङ्गल भाग्ने, कर्मचारीसंग कुरा गर्दा छिमेकीलाई जानकारी हुने हुदा लाजले जङ्गल भाग्ने अनि जङ्गलमा छन् भन्ने कुरा पनि छोरी कुटेर बुहारी तर्साएको जस्तै हो ।

कतिथ चौथो पीडितको भनाइ : समस्या कहां छ भन्दा दिदी बहिनीले किस्ता तिर्न सकेनन् । नबुझेका दिदी बहिनीहरु धेरै लघुवित्तमा बसे । (अनि तपाई पनि गांउकै महिला होईन, तपाई त बुझेको महिला किन धेरैमा बस्न हुंदैन भनेर सल्लाह समयमा दिनु भएन, किन धेरैबाट ऋण लिन हुंदैन भन्ने सल्लाह दिनु भएन, किन सहि ठांउमा लगानी गर्नु पर्छ भन्ने कुरा समयमा सिकाउनु भएन, किन दिन भरी बरालिएर गफ गर्दा काम गर्नु पर्छ भन्नु भएन, किन कपाल मुन्द्रा बनाई हाईलाईट गर्दा जथाभाबि खर्च गर्न हुन्न भनेर किन सिकाउनु भएन र अहिले किस्ता तिर्न सकेनन वा सक्दैनन् भन्दै नेतृत्व गर्ने आहा तपाई बुद्धिजिबि ।
अन्तमा, कथित पीडित भनिएका व्यक्तिहरुले दिनुपर्ने जवाफ :–

१.तपाईहरु बसोबास गरिरहेको घर तेश्रो ब्यक्तिले यो ठांउबाट तिम्रो घर हटाउ भनेमा के गर्नु हुन्छ ?
२.तपाईको ऋण लिने ऋणीले ऋण तिर्न सक्दिन मिनाह गरिदेउ भन्दा तपाई के गर्नु हुन्छ ?
३.तपाई बसेको घरमा आगो लागेमा निभाउन लाग्नु हुन्छ वा तेल थप्नु हुन्छ ?
४.तपाईहरु अबुझहरुलाई शिक्षा दिक्षा दिई बुझाउनु हन्छ या आफै अबुझ बन्नु हुन्छ ?
५.तपाईहरुको कारणले गांउका दिदी बहिनीलाई बढि समस्या परेको छ या लघुवित्तको थर्फबाट बढि समस्या परेको छ निश्पक्ष छानविन गर्न तयार हुनुहुन्छ ।
६. २०० रुपैँया बचत गर्न नसक्ने लाटोसिधा दिदी बहिनीहरुसंग रु.५०० उठाई विभिन्न शीर्षकमा खर्च गर्नु उपयुक्त होला त ?
७.लिएको ऋण तिर्न सकेनौ, ऋण दिनेलाई कारवाहि गर्नु पर्याे र खारेज समेत गर्नु पर्याे भनेर पत्रकारलाई भनेर पत्रकारले खारेज गरिदिने हो ? ऋण तिर्न पर्दैन भने त पत्रकारले ? ऋण मिनाह गरिदिए त पत्रकारले ?
८.लघुवित्तले के के गरेर तपाहरुलाई ठग्यो ?
९.लघुवित्तले कसरी तपाहरुलाई समस्यामा पार्यो । सबैलाई चित्त बुझिने गरी पुष्टि गर्न सक्नु हुन्छ ?

१०.लघुवित्तले ऋणमा नपत्याई दिएको भए आज १२ बर्षसम्म तपाई समाजमा चल्न सक्नु हुन्थ्यो ?
त्यसैले यस्ता व्यक्तिलाई समय दिंदा सबै कुरा सोधियोस ताकी आगोमा घिउ थप्ने काम मात्र नगरियोस् । डडेलो गुल्मीमा लागोस वा सल्यानमा, दाङ्गमा लागोस या चितवनमा जहां लागे पनि माँसिने जंगल हो, मर्ने वन्यजन्तु हुन् । जंगल वा जनावर दुबैको सुरक्षा गर्ने सरकार हो । सरकारसंग कानून छ कानूनको प्रयोग गरेर आफु र समाज बिगार्ने बिचौलियहरुलाई कठघरामा तत्काल हालियोस । समयमानै ध्यान नदिए अतिबिकट पालिकाको पनि वडाबाट आर्थिक चलायमान बनाउन सहयोगि भुमिका खेलेको, अर्थतन्त्र सुधारमा ठूलो टेवा दिएको, नेपाल सरकारको राजश्व आम्दानीको मुख्य स्रोत भएको, नेपालका हरेक कृषि, व्यापार, सेवा जस्ता क्षेत्रमा स्वरोजार निर्माणमा भूमिका खेलेको र नेपालका होनहार शैक्षिक जनशक्ति जसलाई विदेश पलाएन हुनबाट रोकि रोजगारी उद्मोगको भूमिका खेलेको लघुवित्त वित्तिय संस्थाहरु गम्भीर संकटमा पर्ने सम्भावना छ र यसको समयमै समाधान होस् र समयमै नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ध्यान जाओस् ।

अर्जुन प्रसाद पोखरेल लघुवित्त क्षेत्रमा लामो समयदेखि कार्यरत हुनुहुन्छ ।

साभार स्रोत-चौलानी खबर अनलाईन बाट

Tags: बैंक तथा बित्त

Discussion about this post

Related Posts

कांग्रेसभित्रको विभाजन अन्त्य गरी १५औँ महाधिवेशन एकताबद्ध रूपमा सम्पन्न गर्नुपर्छ : विमलेन्द्र निधि

कांग्रेसभित्रको विभाजन अन्त्य गरी १५औँ महाधिवेशन एकताबद्ध रूपमा सम्पन्न गर्नुपर्छ : विमलेन्द्र निधि

परोपकारले नै सभ्य समाज र समुन्नत राष्ट्र निर्माण हुन्छ : प्रदेश प्रमुख लाभ

परोपकारले नै सभ्य समाज र समुन्नत राष्ट्र निर्माण हुन्छ : प्रदेश प्रमुख लाभ

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!