सप्तरी/असार १३ गते। सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कबिलासामा गएराती जिपको ठक्करबाट पैदलयात्रीको मृ त्यु भएको छ ।
डाक्नेश्वरी नगरपालिका–४ भुतहीका ५० वर्षीय रघुवीर रामको मृ त्यु भएको हो । पैदल हिँडिरहेका उनलाई गएराती पौने १२ बजे बा १८ च ९३९० नम्बरको जिप पछाडी सार्ने क्रममा ठक्कर दिएको थियो ।
जिपको ठक्करबाट उनको घटनास्थलमै मृ त्यु भएको प्रहरीले जनाएको छ । जिपसहित चालकलाई ईलाका प्रहरी कार्यालय पातोले नियन्त्रणमा लिएको छ ।

















Discussion about this post