nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सुदखोरको ठगी धन्दा : महोत्तरीदेखि झापासम्म लगानी, २७ जनामाथि मुद्दा

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २९, २०७९, ८:०५ मध्यान्ह
सुदखोरको ठगी धन्दा : महोत्तरीदेखि झापासम्म लगानी, २७ जनामाथि मुद्दा

शैलेन्द्र क्रान्ति/जनकपुरधाम/जेठ २९ गते । महोत्तरीको भंगहा नगरपालिका ५ सिद्धपुरका चर्चित मिटरब्याजी अनिरुद्ध साहले ठूलो मात्रामा ऋण लगानी गर्ने गरेको पाइएको छ । उनले गैरकानुनी रुपमा चर्को ब्याजदरमा भंगहा गरपालिका लगायत महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्म ऋण लगानी गर्ने गरेको पाइएको हो । 

गरिब विपन्न परिवारको लाचारीको मौकाछोपी चर्को ब्याजमा ऋण दिएर छलकपट गरी १२ गुनासम्मको तमसुक बनाउने र साँवा ब्याजसमेत असुल गरी कानुनी प्रक्रियाबाट सम्पति हड्पने अनिरुद्धको धन्धा नै बनिसकेको छ । सो काम उनले आफू लगायत दाई लक्ष्मण साहसहित घरपरिवारका सदस्यको नाम साहुमा खडा गरी कपाली तमसुक बनाएर ऋण लगानी गर्ने गरेका हुन् ।

हुन त उनले केही व्यक्तिलाई ऋण नै नदिइ कपाली तमसुक बनाएर बिल्लीबाठ गरेको घटना पनि सतहमा आइसकेको छ । कतिपय ऋणीसंग साँवा ब्याजसमेत असुलेर अदालतमा मुद्दा दायर गरी घरघडेरी समेत जफत गरेको प्रयाप्त घटनाहरु छन् । अनुरुद्धले अन्य साहु महाजनबाट सस्तोमा तमसुक किनेर पनि मुद्दा लड्ने र गरिबलाई शोषण गर्ने गरेका हुन् ।
जिल्ला अदालत महोत्तरीमा अनिरुद्धले लेनदेनको धेरै मुद्दा ऋणीमाथि चलाएको पाइएको छ । हालसम्म अनिरुद्धले अदालतमा २७ वटा लेनदेनको मुद्दा हालेका छन् । अनिरुद्धले मुद्दा चलाएका ऋणी (प्रतिवादी) हरु महोत्तरी, धनुषा, सर्लाही, झापा जिल्लाका समेत रहेको महोत्तरी जिल्ला अदालतको तथ्यांकमा देखिएको छ ।

जिल्ला अदालत महोत्तरीका राजिष्टार मदन जयसवालका अनुसार अनिरुद्धले दर्ता गराएको मुद्दा तथ्यांक अनुसार २७ वटा मध्येमा १० वटाको दावी पुगेको छ । १० वटा मुद्दा चालु अवस्थामा छन् भने ५ वटा उनले फिर्ता लिइसकेका छन् । १ वटा मिलापत्र गरेको र एकवटा मुद्दा डिसमिस रहेको राजिष्टार जयसवालले बताए । दावी पुगेको १० जना ऋणीसंग उनले ब्याजको स्याज र जग्गासमेत हड्पेका छन् ।

यी ऋणीहरुमाथि अनिरुद्धले जिल्ला अदालत महोत्तरीमा गराएका छन् मुद्दा दर्ता 
१.आशादेवी बातर, भंगहा नगरपालिका  ९, महोत्तरी
२. फेवी देवी, भंगहा नगरपालिका ३,
३ं भविया देवी, भंगहा नगरपालिका २,
४. सुरेन्द्र कापर बरही, भंगहा नगरपालिका ६
५. सज्जन मुखिया, भंगहा नगरपालिका ५,
६. राजनारायण यदव, भंगहा नगरपालिका ५
७. रामपृत सदा, भंगहा नगरपालिका ३,
८. बेचन धानुक, भंगहा नगरपालिका ५
९. जयनाथ मण्डल, भंगहा नगरपालिका ५
१०. रमेश मण्डल, भंगहा नगरपालिका ५
११. सुनिल यादव, भंगहा नगरपालिका २
१२. चन्दा देवी यादव, भंगहा नगरपालिका ७
१३. जयराम प्रसाद सिंह, बटेश्वर गाउँपालिका २, धनुषा
१४. सन्तोष कुमार महतो, बटेश्वर गाउँपालिका १, धनुषा
१५. गंगाकुमार महता बटेश्वर गाउँपालिका १, धनुषा
१६. भगवतीया थरुनी, भंगहा नगरपालिका २, महोत्तरी
१७. शिवशंकर राय यादव, कविलासी नगरपालिका ८, सर्लाही
१८. जगननाथ प्रसाद सिंह, भंगहा नगरपालिका ३, महोत्तरी
१९. बसिरा खातुन, भंगहा नगरपालिका ५
२०.बंगला देवी, जनकनन्दनी गाउँपालिका, धनुषा
२१. सुवोध मण्डल, भंगहा नगरपालिका ३, महोत्तरी
२२. विमला देवी, भंगहा नगरपालिका ३
२३. सत्यनारायण साह, भंगहा नगरपालिका ७
२४. रामलोचन चमार, भंगहा नगरपालिका ८
२५. समसेर कवारी, भंगहा नगरपालिका ५
२६. मोहन महतो, भंगहा नगरपालिका ४
२७. केशव चौधरी, गयलडुंगा, झापा

हालसम्म अनिरुद्धले जिल्ला अदालतमा ऋणीविरुद्ध २७ मुद्दा दर्ता गराएको पाइएको छ । धेरै त उनले गाउँमा समेत व्याजको स्याज गरेर असुल उपर गर्ने गर्छन् । कतिको पहिला नै घरघडेरी पास गरेर अर्थात दृष्टिबन्धक राखेर ऋण दिन्छन् । जसको छिनोफानो उनको आफ्नै हातमा हुन्छ । त्यस्ता पनि थुप्रै सम्पति ऋणीलाई रुवाउँदै उनले कब्जा गरेको स्थानीय ऋणी मोहन महतो बताउँछन् । त्यति मात्र होइन ऋण मिनाहा गरिदिने प्रलोभन दिएर र ऋण तत्कालै तिर्नुपर्ने नभए मुद्दा हालेर उठिबास गराइदिने जस्ता धम्की दिएर केही ऋणी महिलालाई शारिरीक सम्बन्ध राख्न भनेको घटना पनि बाहिरिएको थियो ।

जसको डेढावर्ष अघि  संचारमाध्यमले गरेको थियो । मिटरब्याजी धन्धा र ऋणीलाई अत्यधिक शोषण गर्दा विरोध गर्ने अनिरुद्धकी श्रीमती संगीता देवी पनि प्रताडित छन् । चर्को ब्याजमा ऋण दिएर गरिबको उठीवास गराइरहेका अनिरुद्धबाट उनकी पत्नी संगीता देवी पनि प्रताडित छन् । पति अनिरुद्धको हिंसा हिंसा सहन नसकेपछि संगीता देवी ११ वर्षीया छोरी चम्पासहित ९ वर्षदेखि महोत्तरीको बलबा नगरपालिकामा माइती घरमा शरण लिएर बस्दै आएकी छन् ।  अनुरुद्धको मिटरब्याजी, ठगी, बेइमानी र परस्त्री गमनजस्ता गतिविधिबाट आजित उनले अंशसहित सम्बन्ध विच्छेद माग गर्दै महोत्तरी जिल्ला अदालतमा मुद्दा समेत हालेकी छन् । 

अनिरुद्धले यसरी मिटरब्याजी ऋणको धन्धा गरी गरिब गुरुवा तथा ऋणीहरुको कराडौंको सम्पति जफत गरेका छन् । उनी अकुत सम्पति पनि सोही धन्धाबाट आर्जन गरेको उनका छिमेकहरु बताउँछन् ।

अदालतमा अनिरुद्ध विरुद्ध गठी मुद्दा, प्रहरीसंग सेटिंग गरी अदालतमा हाजिर भएर धरौटीमा रिहा 

झण्डै डेढवर्ष अघि संचारमाध्यमले अनिरुद्धकबो मिटरब्याजी सम्बन्धी कालो धन्धाको खुलासा गरेको थियो । ऋणीहरु एकजुट भएर मिटरब्याजी अनिरुद्धलाई कारबाही गर्नुपर्ने माग गर्दै पटक पटक जिल्ला प्रहरी र जिल्ला प्रशासनमा डेलिगेशन पुगेका थिए । ऋणीको डेलिगेशन र संचारमाध्यमले अनिरुद्धको मिटरब्याजी धन्दाको निरन्तर गरेको एकपछि अर्को खुलासाले जिल्ला प्रहरी कार्यालय महोत्तरीले फागुन २०७७ मा ठगी सम्बन्धी जाहेरी दर्ता गरेको थियो । १४ जना पीडितले सामूहिक रुपमा जाहेरी दिएका थिए । तर जाहेरी दर्ता भएको लामोसमयसम्म प्रहरीले उनलाई पक्राउ गरेन । प्रहरीले अनिरुद्धविरुद्ध जिल्ला अदालत महोत्तरीमा प्रहरीले ठगी मुद्दा दर्ता गराएयो । तर, मुद्दा दर्ताको केहि समय पश्चातसम्म पनि प्रहरीले उनलाई पक्राउ गर्न तदारुक्ता नदेखाएको पीडितहरुको गुनासो छ ।

पीडितहरुका अनुसार उनी पैसाको बलमा प्रहरी प्रशासनले केहि पनि गर्न नसक्ने भन्दै खुलेआमा घुमिरहे । मुद्दा दर्ता भएको केहि महिनापछि जनकपुरको अन्नपूर्ण होटेलमा अनिरुद्धले तत्कालिन महोत्तरीका तत्कालिन प्रहरी उपरीक्षकसंग भेटेका थिए ।
सोको समन्वय एक नेताले गरेका थिए । त्यसपछि केहि दिन पश्चात अनिरुद्ध अदालतमा हाजिर भएर १ लाख ५० हजार रुपैयाँ धरौटी राखेर तारेखमा रिहा भएका थिए । गरिबको लाचारीको फाइदा उठाउँदै उनले लामो समयदेखि यो धन्धा चलाएका छन् । तर पनि कारबाहीको दण्डाबाट उनी अहिलेसम्म बाँच्दै आएका छन् । अदालतले पनि न्याय दिलाउन  ढिलाई गरेको पीडितहरुको गुनासो छ । 

महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले मिटरब्याजी अनिरुद्धको ठगी सम्बन्धि मुद्दघा दर्ता भएर अदालतमा रहेकाले बिचाराधीन मुद्दामा प्रहरीले अहिले केही गर्न नमिल्ने बताए ।

मिटरब्याजी अनिरुद्ध साह लगायतका मिटरब्याजीमाथि कारबाही हुनु पर्ने आबाज शुक्रबार प्रतिनिधिसभा बैठकमा जोडतोडले उठेको थियो । महोत्तरी क्षेत्र नं. १ बाट निर्वाचित नेता गिरीराजमणि पोखरेलले अनिरुद्ध लगायत मिटरब्याजीहरुमाथि कारबाही हुनुपर्ने माग गरेका थिए ।

साभार स्रोत-नेपालखबर अनलाईन बाट

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

१७ जना डाक्टरको दर्ता खारेज

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!