सुरेश राय/सिरहा/चैत्र १४ गते । सिरहामा व्यरिङ्ग गेट ढलेर टाउकोमा चोट लाग्दा एक मजदुरको मृ त्यु भएको छ ।
गोलबजर नपा ४ चोहर्वामा रहेको राजेश श्री इन्टरप्राइजेजमा कार्यरत गोलबजार नपा ११ बलकवाका २५ वर्षिय सुरज सदायको ट्याक्टरबाट सिमेन्ट गोदाममा थन्क्याएर गेट बन्दगर्ने क्रममा लिकबाट छुट्टीएर टाउकोमा लाग्दा मृ त्यु भएको हो ।
टाउकोमा चोट लागेर गम्भिर घाइते सदायलाई उपचारको लागि अस्पताल लानेक्रममा बाटोमै मृ त्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले जानकारी दिए ।
रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानबाट पोष्टमार्ट गरेर श व ल्याएपनि परिवारजनले घर लान मानिरहेको छैन। उनीहरुले उचित क्षतिपूर्ति पछिमात्र शव बुझ्ने भनेपछि एम्वुलेन्समै रहेको श व इलाका प्रहरीमा राखेर छलफल भईरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
साभार स्रोत-गमक पोस्ट अनलाईन बाट

















Discussion about this post