nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दुधको मुल्य लिटरमा १४ रुपैयाँसम्म बढ्यो,जनकपुरमा प्रतिलिटरको मुल्य यस्तो छ

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २७, २०७८, ८:०३ मध्यान्ह
दुधको मुल्य लिटरमा १४ रुपैयाँसम्म बढ्यो,जनकपुरमा प्रतिलिटरको मुल्य यस्तो छ

काठमाडौं/माघ २७ गते । सरकारले देशभर लागू हुने गरी दूधको मूल्य बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुमति दिएसँगै सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले प्रतिलिटर ९ देखि १४ रुपैयाँ बढाएर दूधको मूल्य सार्वजनिक गरेको छ । निजी डेरीहरूले पनि मूल्यवृद्धिबारे छलफल गरेका छन् र केही दिनमा नयाँ मूल्य तोक्ने बताएका छन् ।

डीसीसीका कार्ययोजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सजीव झाले भने डीडीसीका दूधमा शुक्रबारदेखि मूल्य बढ्ने अनलाइनखबरलाई बताए । ‘संस्थानको सातवटा दूग्ध विकास आयोजनाबाट उत्पादन हुने विभिन्न ब्राण्डका चार प्रकारका दूधको मूल्य बढाउने निर्णय भएको छ । सबै प्रकारको दूधको मूल्य बढेको छ,’ झाले भने ।

डीडीसीले बिक्री गर्ने स्ट्यान्डर्ड दूध (निलो प्याकेट) को बजार मूल्य काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा प्रतिलिटर मूल्य ८५ रुपैयाँ तोकिएको छ । यस्तै बुटवल, भैरहवामा एक लिटरको मूल्य ८१ रुपैयाँ, नेपालगञ्ज र धनगढी क्षेत्रमा ७९ रुपैयाँ कायम भएको छ ।

यसअघि यस्तो दूधको मूल्य काठमाडौंमा ७६, बुटवल भैरहवामा ७२ र नेपालगञ्ज क्षेत्रमा प्रतिलिटर ७० रुपैयाँ थियो । नीलो प्याकेटको आधा लिटर दूधको मूल्य काठमाडौं, हेटौंडा, विराटनगर र जनकपुरमा यसअघि ३८ रुपैयाँ रहेकामा अब बढेर ४२ रुपैयाँ ५० पैसा पुगेको छ ।

लुम्बिनीमा आधा लिटरको ४० रुपैयाँ ५० पैसा र नेपालगञ्ज र धनगढी क्षेत्रमा ३९ रुपैयाँ ५० पैसा मूल्य तोकिएको छ ।

हरियो प्याकेटमा १४ रुपैयाँ वृद्धि

पाँच प्रतिशत फ्याट हुने फुलक्रिम (हरियो प्याकेट) को दूधको मूल्य लिटरमा १४ रुपैयाँसम्म बढेको छ । काठमाडौंमा यस्तो दूधको मूल्य प्रतिलिटर ११४ रुपैयाँ कायम भएको छ । विराटनगरमा १०४, हेटौंडा र जनकपुर क्षेत्रमा १०२ र लुम्बिनी, नेपालगञ्ज र धनगढी क्षेत्रमा १०० रुपैयाँ कायम भएको छ ।

डीडीसीले बिक्री गर्ने गाईको दूध (पहेँलो प्याकेट) को मूल्य लिटरमा १० देखि १२ रुपैयाँसम्मले बढेको छ । अब यस्तो दूधको मूल्य काठमाडौंमा प्रतिलिटर १०२ रुपैयाँ, विराटनगरमा एक सय रुपैयाँ र हेटौंडा–जनकपुर क्षेत्रमा ९६ रुपैयाँ कायम भएको छ ।

लुम्बिनी, नेपालगञ्ज र धनगढीमा यस्तो दूधको मूल्य ९० रुपैयाँबाट बढेर एक सय रुपैयाँ पुगेको छ ।

डीडीसीले चिया दूध भनेर बिक्री गर्दै आएको दूधको मूल्य लिटरमा १० रुपैयाँले बढेको प्रतिलिटर ८० पुगेको छ । विराटनगर, हेटौंडा र जनकपुरमा प्रतिलिटर ७४ रुपैयाँ कायम भएको छ । लुम्बिनी, नेपालगञ्ज र धनगढीमा ७० रुपैयाँ बनाइएको छ ।

निजी डेरीले पनि बढाउँदै

निजी क्षेत्रका दूग्ध उत्पादक कम्पनीले पनि मूल्य बढाउने गृहकार्य भइरहेको बताएका छन् । बिहीबार यस विषयमा छलफल भए पनि मूल्यको टुंगोमा नपुगेको नेपाल डेरी एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए ।

‘सरकारले बढाएको मूल्यभन्दा निजी क्षेत्रले बिक्री गर्ने दूधको मूल्य फरक हुन्छ । मूल्य बढ्छ तर कति भन्ने यकिन भएको छैन,’सापकोटाले भने ।

निजी क्षेत्रको आकलनअनुसार नेपालमा धेरै दूध उत्पादन हुने समयमा दैनिक ६० लाख लिटर दूध उत्पादन हुन्छ । तर, त्यसको १७ प्रतिशतमात्र बजारमा बिक्री हुने गरेको छ ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि