माघ १६ गते । बालिका अपहरण गरि ह त्या गरेको आरोपमा एक जनालाई प्रहरीले प क्राउ गरेको छ । प क्राउ पर्ने वीरगंज महानगरपालिका– १६ का ४० वर्षीय मोतीलाल प्रसाद कुर्मी रहेका छन् ।
जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी नायव उपरिक्षक (डिएसपी) ओम प्रकाश खनालका अनुसार कुर्मीले वीरगंज महानगरपालिका वडा नम्बर– १५ भिष्वामा डेरा गरि बस्ने सरोज कुशुवाहाकी १० वर्षीय बालिका रिजवाना महतोको ह त्या गरेका थिए ।
आरोपित कुर्मीले अवैध सम्बन्ध लुकाउने उद्देश्यले बालिकाको अप हरण गरि ह त्या गरेको अनुसन्धान मार्फत खुलेको डिएसपी खनालले जानकारी दिए ।
गत पुष २४ गते बिहान ०९ः३० बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ कंचनजंगा स्कुल नजिक नयाँ निर्माणाधीन भवनको उत्तरपट्टिको चेपमा रिजवाना महतोको टाउकोमा ढुङ्गा प्रहार भएको अवस्थामा श व फेला परेको थियो ।
प क्राउ परेका पटेलमाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।














Discussion about this post