बारा/माघ १६ गते । बारामा एक यात्रुबाहक बसमा आगजनी गरिएको छ ।
जिल्लाको कोल्हवी नगरपालिका वडा नम्वर ६ कुमरगढी गाउँमा पार्किङ गरी राखिएको ना ७ ख ३५३५ नम्बरको बसमा आगजनी गरिएको हो ।
स्थानीय शिक्षक तेजप्रकाश चौधरीको बसमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएकाे छ । ग्रामीण भेगबाट वीरगन्जसम्म सञ्चालन गर्दै सर्वसाधारणलाई सुविधा दिँदैआएकोमा कसले आगजनी गरेको आफूलाई थाहा नभएको शिक्षक चौधरीले बताए ।
यता जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले घटना कसले र किन गरेको भन्ने खुल्न सकेको छैन । आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post