उमेश कुमार साह/सप्तरी/पुस २३ गते। ग्लोबल आइएमई वित्तीय संस्था लि.ले सप्तरी जिल्लाको बोदे बर्साईन शाखाको प्रथम केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.को केन्द्र नम्बर ६८ को पृता कुमारी यादवको अध्यक्षता एवम् ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.केन्द्र कार्यालयका कर्जा जोखिम विभाग प्रमुख दिवस राज ओलिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बिशिस्ट अतिथि कार्य संचालन बिभाग प्रमुख सुदिप आचार्य , समान्य सेवा बिभाग प्रमुख जय नारायण शार्मा , स्टेसन कार्यालय पतारी (सिरहा )का प्रमुख दुर्गानन्द साह ,यस बोदे बर्साईन कार्यालयका कार्यालय प्रमुख योगेन्द्र प्रसाद यादव तथा कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो। अतिथि नगर ब्यापार संघ बोदे बर्साईनका सचिब अनिल प्रसाद सिंहले संस्थाको रचनात्मक कार्यमा ब्यापार संघको सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नगर ब्यापार संघ बोदे बर्साईनको सचिब अनिल प्रसाद सिंह , स्थानीय शम्भु प्रसाद साह र पत्रकार उमेश कुमार साहले समेत संस्थाको प्रगतिसँगै यसमा आवद्ध सदस्यहरुको समेत आर्थिक उन्नतीको कामना गरे ।
कार्यक्रममा वित्तीय साक्षरता सम्वन्धी सहजीकरण प्रवन्धक ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.कार्यालयका कर्जा जोखिम विभाग प्रमुख दिवस राज ओलिले गरेका थिए भने प्रमुख कार्यकारी शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले गोष्ठीमा सहभागी सदस्यहरुका सुझाव तथा प्रश्नहरुको जवाफ दिदै संस्थाले नाफा कमाउने मात्र नभई सदस्यको हितलाई समेत हेरी कार्यक्रम अगाडी वढाउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।कार्यक्रममा शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले शाखाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.कार्यालयका कर्जा जोखिम विभाग प्रमुख दिवस राज ओलिले संस्थाको उद्देश्य तथा आगामी रणनीतिका बारेमा प्रकाश पार्दै नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही समयानुकुल ग्राहकमैत्री नीति बनाउदै जाने प्रतिवद्धता ब्यक्त गरे ।
कार्यक्रममा १५० भन्दा बढि सदस्य तथा स्थानीयको उपस्थिती रहेको थियो । कार्यक्रमको उध्घोसक सिरहा लक्ष्मिपुर पटारीका शाखा प्रमुख युगल किशोर यादवले गरेको थियो।
Discussion about this post