अरुण कुमार यादव/सप्तरी/कात्तिक ७ गते। प्रदेश २ का अर्थमन्त्री शलैन्द्र प्रसाद साहले खेलकुदको माध्यमबाट समाज परिवर्तन गर्न सकिने बतएका छन ।
सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसस्थित खेल मैदानमा आयोजना गरिएको मिथिला कप टी–ट्वाइन्टी क्रिकेट प्रतियोगीताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘वर्तमान अवस्थामा युवाहरू कुलतसहितका विकृति विसंगतीतर्फ आकर्षित हुँदै गएको भन्दै खेलकुदको माध्यमबाट नै त्यस्ता युवाहरुमा अनुशासनको बाटोमा ल्याउनुपर्ने बताए ।
मन्त्री साहले त्यस्तो गर्न सकियो भने समाज परिवर्तनमा टेवा पुग्ने बताउदै शाररीक ब्ययामको लागि पनि खेलकुद महत्वपुर्ण भएको समेत बताए ।
युवा शक्ति कल्ब, विष्णुपुरका अध्यक्ष रविन्द्र यादवको अध्यक्षतामा आयोजना गरिएको उद्घाटन कार्यक्रममा कोषाध्यक्ष नन्दकिशोर गुप्ताले कार्यक्रम सञ्चालन गरे थिए ।
बर्षाका कारण स्थागित भएको प्रदेशस्तरीय मिथिला कप टि–ट्वाईन्टी क्रिकेट प्रतियोगीता आजदेखि सुरु भएको छ ।
उद्घाटन खेलमा लहान क्रिकेट कल्ब सिरहा र फुलबारी क्रिकेट कल्ब सुनसरी बिचको खेल सोमबार आयोजना गरिएको जनाइएको छ ।
सप्तरी क्रिकेट संघको समन्वयमा आयोजना गरिने खेलमा १६ वटा टिमको सहभागिता रहने गरि खेल हुने बताइएको छ।उक्त खेलमा बोस्टन क्रिकेट एकेडेमी झापा, बिराटनगर स्पोर्टिङ्ग क्लव मोरङ्ग, फुलवारी क्रिकेट क्लव सुनसरी, रन्जितपुर राईडर्स टिम सप्तरी, छिन्नमस्ता स्पोर्टस् क्लव सप्तरी, बजाज यूथ क्रिकेट एकेडेमी सप्तरी, रुपनी राईडर्स सप्तरी, तिलाठी कोईलाडी एलेभेन सप्तरी, लायन्स क्लव सप्तरी लगायतको सहभागीता रहने जनाइएको छ ।
त्यस्तै जनकपुर क्रिकेट एकेडेमी धनुषा, लहान क्रिकेट क्लव सिरहा, धनुषा रोयल क्रिकेट एकेडेमी धनुषा, नरेश सिंह क्रिकेट एकेडेमी महोत्तरी, रौतहट ११ रौतहट, क्रिकेट बजार ११ बारा र यूनाईटेड क्रिकेट क्लव पर्सा सहभागी हुने छ ।
खेलमा सप्तरीबाट ६, धनुषाबाट २, महोत्तरी, रौतहट, बारा, पर्सा, सिरहा, सुनसरी, झापा, मोरङबाट १÷१ वटा टिमको सहभागीता हुने जनाइएको ।
करिब रु १५ लाख रुपैया बराबरको खर्च अनुमान गरिएको प्रतियोगीतामा प्रथम पुरस्कारको रुपमा नगद १ लाख रुपैया, शिल्ड, प्रमाण–पत्र, मेडल प्रदान गरिनेछ भने द्वितीय पुस्कारको रुपमा नगद ५० हजार रुपैया, कप, प्रमाण–पत्र, मेडल प्रदान गरिने बताइएको छ ।
Discussion about this post