nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जयनगर-जनकपुर रेल सेवा सञ्चालनको जिम्मा पाएको भारतीय कम्पनीलाई सरकारले ७ करोड २० लाख रुपैयाँ अग्रिम भुक्तानी

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २६, २०७८, ७:५२ मध्यान्ह
आज जनकपुर आउन लागेक्ल रेलको बाहिरी र भित्रि रुप यस्तो छ(हेर्नुहोस तस्वीरमा)

जनकपुरधाम/असोज २६ गते।जयनगर-जनकपुर रेल सेवा सञ्चालनको जिम्मा पाएको भारतीय कम्पनीलाई सरकारले ७ करोड २० लाख रुपैयाँ अग्रिम भुक्तानी दिएको छ।

नेपाल रेल्वे कम्पनीले कोंकण रेल्वे कर्पोरेशन लिमिटेडलाई सोमबार भुक्तानी दिएको रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले बताए। नेपालले आफैं रेल चलाउन नसक्ने देखिएपछि सरकारले उक्त कम्पनीलाई ३५ करोड रुपैयाँमा एक वर्षका लागि ठेक्कामा दिएको छ।  

कोंकण रेल्वे कर्पोरेशनले भुक्तानी नपाए ठेक्का तोड्ने चेतावनी दिएको थियो। सम्झौता भएको तीन महिनासम्म पनि आफूले पाउनुपर्ने अग्रिम भुक्तानी नपाएको र रेल समेत संचालन हुने टुंगो नभएको भन्दै ठेक्का तोड्ने चेतावनीसहित कोंकणले साउन अन्तिम साता पत्राचार नै गरेको थियो। नेपालमा आएर तालिम दिएको, इक्विपमेन्टहरु खरिद गर्दा आफ्नो खर्च भएको तर सम्झौता बमोजिम पाउनुपर्ने भुक्तानी नपाएको भन्दै दबाब दिइरहेको थियो।

सम्झौतामा २० प्रतिशत अग्रिम भुक्तानी दिनुपर्ने उल्लेख छ। कोंकणसँग भएको सम्झौता अनुसार कम्पनीले भारतबाट २६ जना मुख्य प्राविधिक ल्याएर रेल सेवा सञ्चालन गर्नु पर्नेछ। सर्भिसिङ देखि तालिमसम्मको सबै जिम्मा कम्पनीकै हुनेछ। आवश्यक इक्विपमेन्ट खरिद, कर्मचारीलाई तालिम दिने र मर्मत सम्भारमा काम गर्नुपर्नेछ।

एक वर्षमा नेपाली प्राविधिकहरुले सिक्ने र आफैंले संचालन गर्ने क्षमता भएपछि जिम्मा लिने योजना अनुसार भारतीय कम्पनीलाई रेल चलाउने ठेक्का दिइएको हो। सरकारले साउनमा नै भुक्तानी दिने तयारी गरेको थियो। तर कम्पनीका तत्कालीन महाप्रबन्धक गुरु भट्टराइले कर्मचारी आचारसंहिता विपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधियो। सरकारले बर्खास्त गर्ने तयारी गरेपछि आफैंले पदबाट राजीनामा दिए।

महाप्रबन्धक नभएपछि भुक्तानी हुन सकेको थिएन। सरकारले निरन्जन झालाई महाप्रबन्धक नियुक्त गरेपछि भुक्तानी प्रक्रिया अघि बढेको हो। 

रेल चलाउन कानुनी अड्चन 

रेल संचालनका लागि कर्मचारी, पूर्वाधार, ट्रेन सेट, कानुन केही नै तयार नपारी इन्जिन र बोगी ल्याइएका कारण वर्षदिनदेखि दुई सेट ट्रेन त्रिपाल ओढाएर राखिएका छन्। गत वर्ष असोज २ मा करिब १ अर्ब खर्चेर ल्याइएको थियो।

रेल संचालनको लागि अझै कर्मचारी तयार अवस्थामा छैनन्। केही कर्मचारी ज्यालामा भर्ना गरिएको भए पनि बाँकी कसरी व्यवस्थापन गर्ने भन्ने टुंगो छैन। रेल संचालनका लागि प्राविधिकसहित २ सय जनाभन्दा बढी कर्मचारी आवश्यक पर्छ। मुख्य प्राविधिक भारतबाट आउछन् भने सम्झौता अनुसार भारतबाट आउने महानिर्देशक भट्टराईको भनाइ छ। अरु कर्मचारी व्यवस्थापनको गृहकार्य भइरहेको रेल विभागले जनाएको छ। 

पूर्वाधार भने तयार अवस्थामा छ। भारतीय पक्षले आर्थिक र प्राविधिक सहयोगमा करिब ३५ किमि रेलमार्ग निर्माण भएको हो। नेपाली पक्षलाई हस्तान्तरण गर्न भने बाँकी छ। दसैं लगत्तै हस्तान्तरण हुने महानिर्देशक भट्टराईले बताए।

‘फिल्डमै यो बीचमा हामीले मिहिन रूपमा तयारी गरेका छौं। हाम्रो एउटा टिमले काम गरिरहेको छ,’ उनले भने,’पूर्वाधार हस्तान्तरणका लागि कागजी प्रक्रिया पनि पुरा हुँदैछ।’ सरकारले अरु तयारी गरे पनि रेल संचालनका लागि आवश्यक कानुन नै छैन। रेल्वे विधेयक दुई वर्षदेखि संसदमा अड्किदा कानुनी अड्चन आएको छ।

रेल संचालनका भन्दै सरकारले अध्यादेश ल्याएको भए पनि संसदबाट अनुमोदन हुन नसकेका कारण निष्क्रिय बनेको छ। जसका कारण रेल संचालनका लागि ऐन नै छैन। सरकारले पुन: अध्यादेश ल्याएर ल्याएर रेल संचालन भने गर्न सक्ने भट्टराईले बताए।

‘हामीले गत साता भारतसँग भएको संयुक्त कार्यदलको बैठकमा स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युअरमा पनि हस्ताक्षर गरिसकेका छौं,’ उनले भने, ‘छिट्टै हामी रेल संचालनको मिति तोक्न लागेका छौं।’ सयुक्त कार्यदलको बैठकमा रेल संचालनका विषयमा समेत छलफल भएको उनले बताए। उनका अनुसार उनीहरुले दसैं लगत्तै भारतीय पक्ष आउने बताएका छन्। 

Tags: नेपाल रेल्वे

Discussion about this post

Related Posts

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!