जनकपुरधाम/असोज २१ गते।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभामा २ तिहाइ बहुमतसहित विश्वासको मत प्राप्त गरेपछि जानकी मन्दिरको दर्शन गरेका छन्।
बुधबार प्रदेश सभामा विश्वासको मत पाएका मुख्यमन्त्री राउत बिहीबार जानकी मन्दिरको दर्शन गर्न पुगेका हुन्। मन्दिर पुगेर उनले पूजारी महन्त रामतपेश्वर दास वैश्ववसँग दर्शन भेट गरेका छन्। मुख्यमन्त्री राउतले पूजारी रामतपेश्वरको खुट्टा ढोगेर आशीर्वाद लिए।
सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) फुटेपछि मुख्यमन्त्री राउतले बुधबार प्रदेश सभामा विश्वासको मत लिएका हुन्। विश्वासको मत माग्ने उनको प्रस्तावको पक्षमा ७७ जनाले मत दिएका थिए भने २३ जनाले विपक्षमा मत हालेका थिए।














Discussion about this post