nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

इटहरीका मेयर चौधरीले ‘यो आइमाईलाई कसले भित्र छिरायो, बाहिर-बाहिर’ भनेपछि . . .

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ४, २०७८, १:२३ मध्यान्ह
इटहरीका मेयर चौधरीले ‘यो आइमाईलाई कसले भित्र छिरायो, बाहिर-बाहिर’ भनेपछि . . .

काठमाडौं/असोज ४ गते ।गत ३० भदौ बुधबार दिउँसो इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीको कार्यकक्षमा बैठक बसिरहेको थियो । त्यही समयमा इटहरी-४ का दुई महिला बैठक कक्ष बाहिर पुगे ।

सिता शेर्पा राई र शर्मिला भट्टराई नाम गरेका उनीहरू मेयर चौधरीलाई भेटेर आफ्नो कागजपत्रमा हस्ताक्षर गराउन बैठक भएकाले निकै बेर बाहिर कुरे ।

शर्मिला भट्टराई चटपटे, पानीपुरी व्यवसाय गर्न नगरले दिने गरिबी अनुदान लिन गएकी थिइन्। करिब १० देखि १५ हजार सम्मको सामग्री दिने भएपछि कागजपत्र सहित उनी त्यहाँ पुगिन् ।

वडा कार्यालयले आवश्यक सिफारिस दिएपछि दुवै जना उपमहानगरमा अनुदान प्रक्रिया अघि बढाउन गएका थिए । नियमानुसार वडाले दिएको सिफारिसको मेयर चौधरीले तोक लगाउनु पर्थ्यो । त्यही तोक लगाउन उनीहरू मेयरकाे कार्यकक्ष पुगे ।

भित्र बैठक चल्दै गरेको जानकारी कार्यालय सहयोगीले दिएपछि उनीहरू बाहिरै पर्खिएर बसे । झन्डै एक घण्टा पर्खिए तर पालो आएन । ढिलो भएपछि सिताले त्यही बाहिर रुङ्ने कार्यालय सहयोगीलाई सहयोग मागिन् । ‘सबै कागज पुरा छ, वडाले पनि तोक लगाएको छ, मेयर साबले तोक लगाइदिए पुग्छ, यति तपाईँले नै मेयर साबलाई तोक लगाएर ल्याइदिनु न ।’

यति भनेपछि बाहिर बस्ने कार्यालय सहयोगीले मेयर सम्म उनकाे कागजात पुर्‍याए । मेयरले निवेदनमा तोक लगाए । तर, फेरि वडा कार्यालयमै वडामै जानू पर्ने भएपछि शेर्पा अचम्ममा परिन् । वडाबाट सबै काम सकिएकोले उनी मेयर सम्म आएकी थिइन् । त्यसपछि उनले फेरि मेयरसँग भेट्न कार्यालय सहयोगीलाई समय मागिन् । ‘मेयर साबले कुरा बुझ्नु भएन कि के हो ? म एकचोटी भित्र पसेर भन्छु है भन्दै उनी भित्र छिरिन् ।

मेयरको कार्यकक्षमा छिरेर शेर्पाले मेयर साब लगायत सम्पूर्णमा नमस्कार भन्न नपाउँदै मेयर चौधरीले यस्तो आइमाईलाई कसले भित्र पस्न दियो ? बाहिर बाहिर भन्दै रिसले मुरमुरीए।

मेयर चौधरीको यस्तो बोलीले शेर्पा छाँगाबाट खसेको जस्तै भइन् । शेर्पाले न्युज कारखानालाई भनिन्, ‘मेयरले यस्तो भनेपछि मैले सडकमा रातदिन हड्डी घोटेर गरिखाने दिदीबहिनीलाई सम्झे । म मेयरको छिमेकी हो, लामो समयदेखि संर्घष गर्दै आएकी म मेयरकै भनाई अनुसार म कस्तो आइमाई हो ?’ त्यसपछि चुनावमा ‘एक भोटले त हारजित हुन्छ, मेरो घरको पाँच भोट खेर गएछ’ भन्दै बाहिर निस्किइन् ।

बाहिर निस्किनासाथ मेयर चौधरीका स्वकीय सचिव सूर्य चौधरीले हातमा सुनको बाला, घाँटीका सुनको सिक्री लाउने मान्छे सहयोग माग्न किन आको भन्दै झपारे । तीजको छेको पारेर सुन जस्तो देखिने ३ सयको ग्यारेन्टीवाला गहना लगाएकोलाई स्वकीय चौधरीले सुन किन लगाएको भन्दै झपारे । त्यसपछि उनी त्यहाँबाट मलिन हुँदै निस्किइन् ।

‘म सडक पेटीमा चिया बेच्दै आएको मान्छे। धेरै वर्ष भयो तीजमा केही लगाउन पाएको थिइन् । अस्तिको तीजमा ३ सयको ग्यारेन्टीवाला सिक्री लगाएको थिँए’ उनी भन्छिन्, ‘सुन जस्तो देखिनेबित्तिकै सबै सुन हुन्छ र मैले सुन नै लगाए पनि म त साथी बनेर गएको हो ।’

नगर प्रमुख चौधरीको बोलीबाट दुखी बनेका शेर्पा र भट्टराई कानुनी उपचार खोज्ने बताउँछन् । आफूले नगरको अभिभावक मानेको व्यक्तिबाटै अमानवीय, व्यवहार भएको भन्दै कानुनी उपचारको तयारीमा लागेको शेर्पाले बताइन् ।

उनीहरूलाई अहिले विभिन्न १३ सङ्गठन महिला अधिकारकर्मीहरूले सहयोग गर्ने बताएका छन् । मेयरविरूद्ध ध्यानाकर्षण सहित धर्ना कार्यक्रम गर्ने अधिकारकर्मीहरूले चेतावनी दिएका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै महिला अधिकारकर्मीहरूले कडा सङ्घर्ष गर्ने बताएका छन् ।

‘नेपालको संविधानले सुनिश्चित गरेको संवैधानिक हक र अधिकार कार्यान्वयन गर्नु राज्यको दायित्व हो । तर यसरी स्थानीय तहको नेतृत्व लिई रहेको प्रमुख जिम्मेवार व्यक्तिबाट नै महिलालाई लक्षित गरी प्रहार गरिएको अपशब्दले देशको ५२ प्रतिशत भन्दा बढी जनसङ्ख्या ओगटेको महिलाहरूलाई प्रत्यक्ष रूपमा अपमानित गरेको छ,’ उनीहरूले निकालेकाे संयुक्त विज्ञप्तिमा भनिएको छ ।

पटक-पटक महिलाप्रति नगरप्रमुखले गरेको अपमान सहेर नबस्ने समेत उनीहरूले बताएका छन् । मेयर चौधरीलाई सम्बन्धित निकायले कडा भन्दा कडा कारबाही गर्न पनि उनीहरूले माग गरेका छन् । चौधरीले महिलासँग सार्वजनिक स्थानमा माफी माग्नु पर्ने उनीहरूकाे माग छ । मेयरकै विरूद्धमा महिलाहरूले आज १० बजे इटहरी उपमहानगरपालिका गेटमा धर्ना दिने बताएका छन् ।स्रोत-न्युज कारखाना बाट

Tags: प्रदेश १ खबर

Discussion about this post

Related Posts

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!