जनकपुरधाम/भदौ २४ गते।आउँदो अक्टोबरमा युएईमा हुने आइसिसी टी-२० विश्वकप क्रिकेटका लागि भारतीय टोलीको घोषणा भएको छ ।
बुधबार विराट कोहलीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको हो ।
टी-२० टोलीमा रविचन्द्रन आश्विनले ४ वर्षपछि पुनरागमन गरेका छन् भने दुई स्पिनर जोडी युजुभेन्द्र चहल र कुलदीप यादव भने परेनन् ।
त्यसैगरी श्रेयस अय्यर, शार्दुल ठाकुर र दीपक चहर भने स्ट्यान्ड इन प्लेयरका रुपमा भ्रमणमा समावेश हुनेछन् ।
भारतका सफल कप्तान महेन्द्रसिंह धोनीलाई भने सल्लाहकारमा नियुक्त गरिएको छ । बिसिसिआइको आग्रहलाई स्वीकार गर्दै धोनी सल्लाहकारको भूमिकामा रहने भएका हुन् ।
विश्वकप आगामी अक्टोबर १७ देखि सुरु हुँदै छ । त्यसअघि आइपिएल क्रिकेटका बाँकी रहेका खेलहरु सेप्टेम्बर १९ देखि सुरु हुनेछ ।














Discussion about this post