अरुण कुमार अक्षय/राजविराज/भदौ १६ गते।सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका वडा न.८ बाट ब्राउन सुगर सहित एक युवक प क्रा उ परेका छन ।
प क्रा उ पर्नेमा सोही वडा योगिनियाका अन्दाजी २५ बर्षिय धिरु भनिने धिरेन्द कुमार यादव रहेको इलाका प्रहरी कायालय हनुमाननगरले जनाएको छ ।
गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलीले यादवको घरमा छापामारी गर्दा १ सय २५ ग्राम ब्राउन सुगर लागू औ ष ध बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घर नजिकैको धान खेतमा लुकाएर राखिएको अवस्थामा सो ला गू औषध सहित उनलाई प क्रा उ गरिएको छ ।
यता प क्रा उ परेका लागूऔसध ब्राउन सुगरसहित यादवलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याएको छ भने घटनाको थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पछिल्लोपटक सप्तरी संग जोडिएका नेपाल –भारत सिमावर्ती नाकाहरुमा ला गू औषध ओसार पसार हुने क्रम बढेको छ ।














Discussion about this post