अरुण कुमार अक्षय/राजविराज/भदौ १६ गते।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका २ सकरदही स्थित पश्चिमी नहरमा डुवेर एक युवकको आज ज्यान गएको छ ।
नहरमा दिशा गर्न गएका हनुमानगर कंकालनी नगरपालिका वडा नं. १ भारदह लपटोलियाका गंगा राम ईसरको अन्दाजी २०÷२१ बर्षीयको छोरा लक्षमण ईसरको सो नहरमा डुवेर ज्यान गएको सकरदहीका ईन्द्र नारायण राउतले बताएका छन ।
मलेसियामा सात बर्ष बसाइपछि १५ दिन अगाडी मात्रै घर आएका लक्षमण साथीहरु संग भेटघाट पछि उनी नहरमा दिशा गर्न गएका थिए ।
दिशा गर्न गएको बेला नहरको डिलबाट लडेर उनको नहरमा नै डुवेर मुत्यु भएको हुन सकिने स्थानियबासीले जनाएको छ । उनको ज्यान गएपछि छरछिमेक सहित पुरै गाउँ नै शोकमा परेका छन ।
यता शव परिक्षणको लागि राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा ल्याएको छ भने घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।














Discussion about this post