nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

फेरि फैलिँदै कोरोना सिरहा, धनुषा र महोत्तरी सहित १७ जिल्ला अति उच्च जोखिममा

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १४, २०७८, ३:५३ मध्यान्ह
बढ्न थाल्यो कोरोना सङ्क्रमण

काठमाडौ/श्रावण १४ गते।निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहर सन्निकट देखिएको छ। खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जब कि साउन ५ गते संक्रमणदर २०.७ प्रतिशत मात्र थियो। १७ हजार हाराहारी व्यक्तिको परीक्षण गर्दा ४ हजार हाराहारीमा संक्रमण पुष्टि हुने गरेको छ।

सरकारले यससँगै १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ। जसमा झापा, सिरहा, धनुषा, महोत्तरी, रौतहट, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अछाम र बाजुरा छन्। यस्तै २२ जिल्ला उच्च जोखिम क्षेत्रमा परेका छन्। जसमा मोरङ, सप्तरी, सर्लाही, पर्सा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कास्की, स्याङजा, दाङ, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट र बझाङ परेका छन्।

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले विगतभन्दा संक्रमणदर बढ्दै गएको बताए। ‘महामारीको उच्च जोखिमबाट गुज्रिरहेको अवस्था छ,’ सह–प्रवक्ता डा. अधिकारीले भने, ‘स्वास्थ्यका पूर्वाधार र स्वास्थ्यकर्मीले गर्ने सेवाभन्दा बढी सेवा लिन स्वास्थ्य संस्थामा आउने अवस्था हुँदै गए व्यवस्थापन गर्न गाह्रो हुन्छ।’

एक संक्रमितले एक वा सोभन्दा बढीलाई कोरोना सारे त्यसको लहर बढ्दै जाने विज्ञ बताउँछन्। संक्रमणलाई संक्रमित व्यक्तिमा सीमित राख्न सके मात्र संक्रमण घट्ने हुन्छ। त्यसका लागि भरपर्दो विकल्प खोप लगाउने हो। तर, खोप केन्द्र टाढा हुँदा कतिपय खोपबाट वञ्चित भएका छन्। कतिपय ठाउँमा खोप दुरुपयोग भई लक्षित समूहले लगाउन पाएका छैनन्। ‘सरकारले घर–घरमा गएर खोप लगाइदिने रणनीति तयार गरेको छैन। कार्यविधि बनेको पनि छैन,’ सह–प्रवक्ता डा. अधिकारीले भने।

खोप जतिसक्यो चाँडै लगाउनुपर्ने विज्ञको सुझाव छ। डा. अधिकारीका अनुसार हालसम्म मुलुकभर ८८ लाख ८२ हजार ८ सय ५० डोज प्राप्त भएको छ। त्यसमध्ये ५० लाख ४७ हजार ३ सय ५५ डोज प्रयोग भइसकेको छ। ३५ लाख ४४ हजार ४३ जना व्यक्तिले एक डोज खोप लगाइसकेका छन्। १५ लाख ३ हजार ३ सय १२ जनाले पूर्णडोज लगाइसकेको डा. अधिकारीले बताए।
उनका अनुसार सरकारले उच्च प्राथमिकताका साथ खोप अभियान अघि बढाइरहेको छ। दोस्रो डोज लगाउनुपर्ने व्यक्तिलाई पनि चाँडै लगाउने गरी काम अघि बढाइएको छ। खोप लगाउन बाँकी १८ वर्ष माथिका जति पनि जनसंख्या छ, खोप लगाउने काम अहोरात्र भइरहेको उनले बताए।

मुलुकभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ छ। होम आइसोलेसनमा २६ हजार ६ सय ५२ जना छन्। संस्थागत आइसोलेसनमा २ हजार ७ सय ९२ जना उपचाररत छन्। अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररतमध्ये ६ सय ११ जना सघन उपचार कक्ष (आईसीयू)मा छन् भने १ सय ६८ जना भेन्टिलेटरमा। क्वारेन्टाइनमा ३ सय ४९ जना रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १५ हजार ८ सय ८ परीक्षण गर्दा ३ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको छ। यो अवधिमा डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय ९३ छ। संक्रमितमध्ये ३३ जनाको निधन भएको छ।श्रोत-अन्नपूर्ण पोस्ट

Tags: कोरोना संक्रमण

Discussion about this post

Related Posts

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

जनकपुरधाममा अन्डर–१२ क्रिकेट टुर्नामेन्ट हुँदै, ट्रफी अनावरण सम्पन्न

जनकपुरधाममा अन्डर–१२ क्रिकेट टुर्नामेन्ट हुँदै, ट्रफी अनावरण सम्पन्न

व्याहुत कलवार सेवा समितिको युवा मञ्चमा नयाँ कार्यसमिति चयन

व्याहुत कलवार सेवा समितिको युवा मञ्चमा नयाँ कार्यसमिति चयन

मधेशको भुमीबाट लियो ३२५ एफको डिस्ट्रिक्ट प्रेसिडेन्टमा लियो आकाश साह निर्वाचित

मधेशको भुमीबाट लियो ३२५ एफको डिस्ट्रिक्ट प्रेसिडेन्टमा लियो आकाश साह निर्वाचित

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!