nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

असोज १५ देखि कोरोनाको तेस्रो लहर आउन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ११, २०७८, १०:५६ मध्यान्ह
स्वाब सङ्कलन गरिसकेपछि क्वारेन्टिनमा अनिवार्य बस्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह

काठमाडौँ/साउन ११ गते।सरकारले आउँदो असोज मसान्तभित्र थप एक करोड पाँच लाख खोप ल्याउने भएको छ ।

प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको सोमबार बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आउँदो असोज मसान्तसम्म थप एक करोड पाँच लाख ४८ हजार खोप ल्याउने सरकारको तयारी रहेको जानकारी दिए ।

उनका अनुसार सरकारले आफैं खरिद गरी ल्याउने प्रक्रियामा रहेको, विभिन्न मुलुकहरुले अनुदानमा दिएको र कोभ्याक्स कार्यक्रममार्फत उक्त परिमाणको खोप ल्याउन लागिएको हो । सरकारले चीनसँग खरिद गरेर ६० लाख भेरोसेल खोप आउँदो भदौ मसान्तसम्म र भारतबाट खरिद गरिएको कोभिशिल्ड खोपको १० लाख मात्रा भदौको पहिलो साता नेपाल आइपुग्ने तालिका छ । यसैगरी वैदेशिक अनुदानबाट चीन सरकारबाटै साउन मसान्तभित्रमा भेरोसेल खोपको १६ लाख मात्रा, कोभ्याक्स कार्यक्रममार्फत जापानबाट एष्ट्राजेनिका खोपको १६ लाख मात्रा आउँदो भदौ पहिलो साता र कोभ्याक्समार्फत नै तीन लाख ३८ हजार मात्रा थप खोप नेपाल आउने तालिका छ ।

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आज समितिमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै आउँदो असोजदेखि चैतसम्म नेपालमा थप तीन करोड २३ लाख मात्रा खोप आउने जानकारी दिए ।

उनका अनुसार कोभ्याक्स कार्यक्रममार्फत निःशुल्क २० प्रतिशत अर्थात एक करोड १३ लाख मात्रा र कोभ्याक्समार्फत लागत सहभागितामा कोभिशिल्ड, मोर्डना, फाइजर, जोन्सन एण्ड जोन्सन र सिनोभ्याक गरी करिब एक करोड ५० लाख मात्रा र बालबालिकाका लागि ६० लाख मात्रा फाइजर खोप ल्याइने छ ।

सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशत अर्थात पहिलो प्राथमिकतामा रहेका दुई करोड १५ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ४९ लाख गरी दुई करोड ६५ लाखमा खोप लगाउने लक्ष्य लिएको छ । यसका लागि दुई मात्रा खोपका हिसाबले कूल पाँच करोड ३५ लाख मात्रा खोप आवश्यक हुने सचिव अर्यालले जानकारी दिए । उनका अनुसार आउँदो असोज मसान्तभित्रमा खोप लगाउने लक्ष्यमध्ये ३३ प्रतिशतलाई खोप लगाइने र चैत मसान्तभित्र सबै लक्षित समूहलाई खोप लगाउने लक्ष्य सरकारको छ ।

अब बालबालिकाका लागि पनि खोप आउने

महाशाखा प्रमुख डा. लोहनीले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्राप्त गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिए । उनका अनुसार बालबालिकाका लागि सरकारले करिब ६० लाख फाइजर खोप ल्याइने तयारी गरेको छ ।

अहिलेसम्म खोपको पहिलो मात्रा १५.८ प्रतिशत अर्थात ३४ लाख पाँच हजार १५४ र दोस्रो मात्रा ६.६ प्रतिशत अर्थात १४ लाख ३० हजार ४१६ जनाले खोप लगाइसकेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ९७ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ ।

तेस्रो लहर असोज १५ गतेदेखि

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आउँदो असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण रहेको बताए । उनले अहिलेको निषेधाज्ञा खुकुलो र जनस्वास्थ्य मापदण्डलाई प्रभावकारी रुपमा लागू नगरिएकाले आउँदो असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउने बताए ।

तेस्रो लहर सङ्क्रामक र बालबालिकालाई बढी असर गर्ने उनको भनाइ छ । उनका अनुसार आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ सङ्क्रमित थपिने अनुमान गरिएको छ । यसअघि मन्त्रालयले सङ्क्रमणको तेस्रो लहर आउने भन्दै सचेत रहन निर्देशन समेत दिइसकेको छ ।

अक्सिजन आपूर्ति

मन्त्रालयले अहिले अक्सिजनको आपूर्ति समेत बढाएको छ । स्वास्थ्य सचिव अर्यालका अनुसार अहिले दैनिक १२० मेट्रिक टन अक्सिजन आपूर्ति भइरहेको छ । यसअघि १५ मेट्रिक टन मात्र अक्सिजन आपूर्ति हुने गरेको थियो ।

मन्त्रालयले सङ्क्रमणको दोस्रो लहर चलिरहेकै बेला पाँच हजार अक्सिजन सिलिण्डर थप र पाँच हजार ५०० अक्सिजन कन्सट्रेटरको व्यवस्था गरेको छ । थप तीन हजार ५०० अक्सिजन कन्सट्रेटर आउने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी २७ वटा तरल अक्सिजन टङ्याक थप गर्ने योजनाअन्तर्गत दुई सम्पन्न, चार निर्माण प्रक्रियामा र १० वटा निर्माणका लागि सूचना प्रकाशित गरिएको छ ।

नेपालमा कोरोना भाइरस सङ्क्रमितको मृत्यु दर १.३ प्रतिशत र निको हुने दर ९४.५ प्रतिशत छ । नेपालमा अहिले सङ्क्रमणको दोस्रो लहर चलिरहेको छ । यसैगरी सङ्क्रमणको पहिलो लहर २०७६ माघ ९ गतेदेखि २०७७ साउन ३ गतेसम्म चलेको थियो । –रासस

Tags: कोरोना संक्रमण

Discussion about this post

Related Posts

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मधेश प्रदेश सरकारले आर्थिक लेनदेनमा कर्मचारी सरुवा गरेको आरोप

चौतर्फी आलोचनापछि स्वास्थ्यका अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत

प्रदेश २: प्रादेशिक अस्पताललाई  कोरोना संक्रमित बिरामीलाई निजी अस्पतालमा नपठाउन र दैनिक विवरण पेश गर्नु अन्तरिम आदेश

जनकपुरधाम स्थित प्रादेशिक अस्पतालका चिकित्सक माथि हातपात गरेको आरोपमा दुई जना पक्राउ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि