nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरमा एक युवकले खिचेको भिडियोमा यूएफओ देखिएको दाबी, प्रमाणित गर्न नासा पठाइयो

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ७, २०७८, ७:३१ मध्यान्ह
जनकपुरमा एक युवकले खिचेको भिडियोमा यूएफओ देखिएको दाबी, प्रमाणित गर्न नासा पठाइयो

रोहित महतो/साउन ७ गते।

गत आइतबार साँझ ५ बजेर १८ मिनेटमा जनकपुरको गंगा सागरबाट खिचिएको एक भिडियोमा यूएफओ (Unidentified flying object) देखिएको दाबी गरिएको छ । 

जनकपुरका व्यवसायी सेवइ यादवले २७ असारमा खिचेको भिडियोमा यूएफओ देखिएको भन्दै प्रमाणिकताका लागि नासा र काठमाडौंस्थित अमेरिकन दूतावासलाई समेत इमेल गरेका छन् ।

यादव आफ्ना साथी सरोजकुमार साहसित हरेक दिनजसो साँझ गंगा सागरमा डुल्न निस्कन्छन् । त्योदिन गंगा सागरको वाटर फाउन्टेन उनलाई मनमोहक लाग्यो । आकाश पनि सफा र निलो देखिँदा यादवले वाटर फाउन्टेनलाई पृष्ठभूमिमा राखेर धेरैजसो भाग अकाशतिर तेर्साएर मोबाइलमा भिडियो खिच्न थाले ।

सामसुङ एस–८ प्लस मोबाइलबाट ६ सेकेन्ड जतिको भिडियो खिचेपछि यादवले ‘कस्तो आयो’ भनेर एक–दुई पटक रि–प्ले गरेर हेरे । ‘गंगा सागरमा एकछिन बसेर हामी घर फर्कियौं,’ यादवले भने, ‘राति ध्यानपूर्वक भिडियो हेर्दा कालो ड्रोनजस्तो केही वस्तु उत्तरबाट दक्षिणतर्फ तीव्र गतिमा जाँदै गरेको देखियो ।’

यादवले खिचेको ६ सेकेन्डको भिडियोमा एक सेकेन्डसम्म त्यो वस्तु देखिएको छ । यादवले १ सेकेन्डमा देखिएको त्यो वस्तुसहितको भिडियोलाई ४१ सेकेन्डमा स्पान गरेर फेरि हेरे । ‘ड्रोनजस्तो कालो रंगको त्यो वस्तुमा दुवैतिर पखेटा पनि देखियो,’ यादवले भने, ‘३–४ दिन समय लगाएर युट्युव र अन्यतिर पनि खोजतलास गर्दा यो यूएफओ नै रहेको हाम्रो दाबी छ ।’

यादव र साहले त्यो भिडियोको स्क्रीन सटसहित गत बुधबार नासालाई एउटा इमेल पठाएका छन् । ‘मैले खिचेको भिडियोमा यूएफओजस्तो वस्तु देखिएको छ । स्क्रीन सट पठाएको छु । के हो ? अनुसन्धान गर्ने भए फुटेज पठाउँछु भनेर नासालाई इमेल लेखे,’ साहले भने, ‘नासाबाट इमेलको कुनै जवाफ आएको छैन ।’ 

अमेरिकी दूतावासमार्फत जाँदा सजिलो हुने कसैले सुझाएपछि यादव र साहले दूतावासलाई १५, २० र २१ जुलाई गरी तीन पटक इमेल लेखे । दूतावासको कर्मचारी भनेर पुरन चन्दले ह्वाट्स एपमा उनीहरूसँग  भिडियोको फुटेज मागे । ‘पर्सनल नम्बरमा फुटेज मागे । विश्वास नलागेर दिएको छैन,’ यादवले भने । 

यादव र साहले आफूले खिचेको भिडियोमा यूएफओ नै देखिएको दाबी गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बाँस्तोला र नेपाल प्रहरीका डीआईजी उमेश रञ्जितकारसँग भेटेर पनि आफूहरुको दाबी प्रमाणित गराउन सहयोग गर्न आग्रह गरेका छन् । –शिलापत्र बाट

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!