उमेश कुमार साह/सप्तरी/असार ४ गते।जीवन बिकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बोदे बर्साईनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ स्थित सशस्त्र बेश क्याम्प बोदे बर्साईन र ईलाका प्रहरी कार्यालय बोदे बर्साईन तथा पत्रकार उमेश कुमार साहलाई कोरोना संक्रमणको घडीमा सेनिटाईजर , मास्क र मिनरल वाटर सहयोग स्वरूप प्रदान गरेको छ । कोरोना महामारीको संकटदायी घडीमा अग्रपंक्तिमा कार्यगर्दै आइरहेको प्रहरीलाई जीवन बिकास वित्तीय संस्था लिमिटेडले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।

कोभिड—१९ को महामारीबाट उत्पन्न जोखिमलाई न्यूनीकरण एवं नियन्त्रण गर्नका लागि स्थानीयस्तरमा महामारी प्रभावित वासिन्दालाई राहत–वितरण जस्ता कार्यहरू संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले गर्दै आएको छ ।
कार्य क्षेत्रमा खटिएका सुरक्षाकर्मीको मनोबल थप उच्च बनोस भन्ने उद्धेश्य सहित मासक सेनिटाईजर लगायतको स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरिएको जीवन बिकास लघुबित्त बित्तीय संस्था लि. शाखा बोदे बर्साईनको प्रमुख दिपेन्द्र कुमार यादवले बताए । कोरोना माहामारीको दोस्रो लहरमा समेत ज्यानको बाजी थापेर कार्य क्षेत्रमा खटिएका सुरक्षाकर्मी र पत्रकारलाई मास्क , सेनिटाईजर र मिनिरल वाटर लगायतका स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तर गर्दा समेत सामाजिक उत्तरदायित्व बहन गरेको अनुभुती भएको उनले बताए । मास्क, सेनिटाईजर र मिनिरल वाटर बितरणमा प्रमुख यादव सहित कर्मचारी महिन्द्र कुमार यादव , दिलिप कुमार साह , मिन्टु कुमार मिश्रा लगायतको सहभागी थिए ।
















Discussion about this post