रौतहट,चैत १२ गते।रौतहटमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ।बिहीबार बिहान करिब सवा १० बजे यमुनामाई गाउँपालिका-५ झुनखुनुवास्थित सुन्दर साहको खेतमा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डिएसपी) भरत श्रेष्ठले जानकारी दिए।ती महिलाको पहिचान नखुलेको श्रेष्ठले बताए।
डिएसपी श्रेष्ठका अनुसार अन्दाजी २४/२५ वर्षीया महिलाको भुसको आगोमा आधा शरीर जलेको अवस्थामा फेला परेको हो।ती महिलाको शव पहिचान नखुल्दा हत्या हो वा मृत्यु हो भन्ने खुल्न नसकेको डिएसपी भरत श्रेष्ठले बताए।’शव पहिचान हुनसकेको छैन। उनको पहिचान खुलेपछि हत्या हो की होइन भन्ने खुल्छ,’ डिएसपी श्रेष्ठले भने।प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।














Discussion about this post