nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ मा पनि सिमानाका खोल्ने सरकारको निर्णय कार्यान्वयन भएन

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ३, २०७७, ६:५८ मध्यान्ह
सीमा क्षेत्रका ३० नाका खुला

जनकपुरधाम, फागुन ३ गते ।प्रदेश २ मा पनि सिमानाका खोल्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन।प्रदेश २ का वीरगन्ज (पर्सा), कुनौली (सप्तरी), जटही (धनुषा), इनर्वा (धनुषा), भिठ्ठामोड (महोत्तरी), मलंगवा (सर्लाही), बंकुल (रौतहट), मटिअर्वा (बारा), सिम्रौनगढ (बारा), माडर (सिरहा), गौर (रौतहट) गरी ११ नाका खोल्ने निर्णय भएको हो।

तर, यी नाकाबाट सर्वसाधारणले सहजै आउजाउ गर्न पाएका छैनन्।‘नाका के–कति खोल्ने, नखोल्नेबारे प्रमुख जिल्ला अधिकारीको निर्देशनका आधारमा हामीले सुरक्षाकर्मीलाई व्यवहार गर्न भनेका हुन्छौँ’, प्रदेश २ का सशस्त्र प्रहरी बलका डीआईजी चन्द्रप्रकाश गौतम भन्छन्।

वीरगन्ज नाकामा मानिसको आउजाउ हुन थाले पनि मालवाहकबाहेक अन्य सवारी साधनलाई सुरक्षाकर्मीले फिर्ता पठाइदिने गरेका छन्।जसकारण नेपाल आउन चाहने भारतीय दसगजा क्षेत्रमै सवारी साधन थन्क्याएर पैदल वीरगन्ज आउजाउ गर्न बाध्य छन्।

वीरगन्जको इनर्वास्थित सीमा प्रहरी चौकीका प्रमुख प्रहरी नायब उपरीक्षक पूर्ण दाहाल मालवाहकबाहेकका भारतीय सवारी साधन प्रवेश गर्न नदिने निर्देशन रहेको सुनाउँछन्।‘नाका खुलेको भनेर कुनै आधिकारिक निर्देशन हामीलाई छैन। मालवाहकबाहेक अन्य सवारी साधनलाई नाकामै रोकेर फिर्ता पठाइदिने गरेका छौँ’, दाहाल भन्छन्। विवाह, उपचारजस्ता अत्यावश्यक कामका लागि आएका सवारी साधनलाई भने आउजाउ गर्न दिइरहेको उनको भनाइ छ।

पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल गृह मन्त्रालयबाट आधिकारिक रूपमा कुनै निर्देशन वा परिपत्र नआएकाले नाका बन्द नै रहेको बताउँछन्।‘सरकारले वीरगन्जसहित ३० वटा नाका खोल्ने निर्णय गर्‍यो भन्नेबारे हामीले पनि मिडियामार्फत सुनेका हौँ’, पौडेल भन्छन्, ‘तर, अहिलेसम्म गृहबाट यस विषयमा कुनै परिपत्र आइपुगेको छैन। त्यसैले नाका खुलिसक्यो भन्ने अवस्था छैन।’

भारतले कात्तिक ६ गतेदेखि एकतर्फी आफ्नो नाका खोलेको थियो। त्यसपछि वीरगन्ज–रक्सौल नाकाबाट आवागमन हुन थालेको उनको भनाइ छ। 

सिरहास्थित माडर नाकाबाट पैदल यात्रु आवागमन गर्न पाएका छन्। यसबाहेक ठाडी, लदनियाबाट लुकीछिपी आउजाउ चलिरहेको छ। सवारीसहित आउजाउ गर्न रोक लगाइएकै छ।

नाकाबाट आउजाउ सहज नभएको भगवानपुर गाउँपालिका ठाडीका लक्ष्मी यादव बताउँछन्। ‘विवाह र सामान ल्याउन पनि समस्या भइरहेको छ। सिरहामा एक मात्रै नाका खोल्यो। हाम्रो नजिकको खोलिएको छैन। आवागमनमा कठिनाइ भोग्नुपरिहेको छ’, उनी भन्छन्, ‘कोरोनाले गर्दा अहिलेसम्म सीमा क्षेत्रमा व्यवसाय खस्केकै छ।’

सीमा नाका अझै बन्द भनिए पनि लुकीछिपी वारिपारि गरिरहेको ठाडीका कन्हैया भट्ट सुनाउँछन्। ‘दिनहँु नाकाभन्दा वैकल्पिक बाटोमा भारत–नेपाल भइरहेको छ। सरकारले जनतालाई सहज हुनुपर्ने वातावरण मिलाइदिनुपर्छ’, उनी भन्छन्। 

तोकिएको नाकामा आवागमनमा कुनै कठिनाइ नरहेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल बताउँछन्। ‘पैदल यात्रुका लागि सहज रूपमा आवतजावत भइरहेको छ। सवारी साधन भने रोकिन्छ’, कणेल भन्छन्।

पैठारी खुला नगरिए पनि मालवाहक सवारी भन्सार कटाएर आउने/जाने भइरहेको माडर भन्सार कार्यालयका प्रमुख जगदीश पूर्वे बताउँछन्।

सवारी चालकलाई सीमामै स्थापना गरिएका हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरी आवतजावत गर्न दिइएको उनको भनाइ छ।

सर्वसाधारणलाई विवाह, आवश्यक सरसामान ल्याउन भारतीय सुरक्षाकर्मीसँग पनि सहजीकरण गरी सहयोग गरिरहेको सशस्त्र प्रहरी सिरहाका एसपी दीपेन्द्र गिरी बताउँछन्।

जनकपुरको जानकी मन्दिरमा पर्वत्योहारका बेला मेला भर्न आउने भारतीय पर्यटकको भीड हुन्थ्यो। बजारमा किनमेल गर्नेहरू बढ्थे। होटलमा बस्ने ठाउँ हुँदैनथ्यो। तर, हाल व्यापार निकै खस्किएको जनकपुरका व्यवसायी अनिल साह बताउँछन्। 

कोरोना महाकारी र लकडाउनका कारण थलिएको सीमा क्षेत्रको होटल तथा पर्यटन व्यवसाय भारतीय पर्यटक नआउँदा धराशयी बनेको होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्त बताउँछन्।

कोरोना महामारीमा बन्द भएका होटल लकडाउन खुलेपछि पुनः लयमा फर्किने अपेक्षा गरिएको थियो। तर, नाकामा भारतीय सवारी साधन प्रवेशमा अहिले पनि रोक लगाइएकाले होटल तथा पर्यटन व्यवसाय चौपट भएको अध्यक्ष पन्त बताउँछन्।

‘पर्सा बारामा रहेका होटलका ९० प्रतिशतभन्दा बढी ग्राहक भारतीय पर्यटक नै हुन्’, उनी भन्छन्, ‘एक त लकडाउनमा झण्डै ८ महिना यहाँका सबै होटल बन्द भए। माघ ११ मा सरकारले नाका खोल्यो भनेपछि व्यवसाय पुनः लयमा फर्किन्छ भन्ने अपेक्षा थियो। तर, हालत उही लकडाउनकै जस्तो छ। भारतीय पर्यटक नआउँदा होटलको खर्च धान्न पनि धौधौ छ।’

सरकारले नाका खोलेको भने पनि नेपाल प्रवेश गर्ने झन्झटिलो प्रक्रिया र नाकामा खटिएका सुरक्षाकर्मीले दुःख दिने गरेका कारण भारतबाट पर्यटक आउन नसकेको बाराका होटल व्यवसायी एवं आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश २ का सहसंयोजक मोहन शर्मा लामिछाने बताउँछन्।

भारतीय पर्यटकको हकमा सरकारले निर्दिष्ट गरेको नियम प्रक्रिया एकदमै झन्झटिलो रहेको सहसंयोजक शर्माको भनाइ छ। अन्नपुर्ण पोष्ट

Discussion about this post

Related Posts

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार रुपैयाँ जरिवाना

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार रुपैयाँ जरिवाना

प्रतिपक्षीको अवरोधले मधेश प्रदेशसभा बैठक स्थगित, बजेटमाथिको छलफल रोकियो

प्रतिपक्षीको अवरोधले मधेश प्रदेशसभा बैठक स्थगित, बजेटमाथिको छलफल रोकियो

धनुषामा एचआईभी सम्बन्धी लाञ्छना र भेदभाव न्यूनीकरणका गरियो लागि अभिमुखीकरण कार्यक्रम

धनुषामा एचआईभी सम्बन्धी लाञ्छना र भेदभाव न्यूनीकरणका गरियो लागि अभिमुखीकरण कार्यक्रम

सभामुख अर्याल र साउदी राजदूतबीच भेटवार्ता : द्विपक्षीय सम्बन्ध र संसदीय सहकार्यमा जोड

सभामुख अर्याल र साउदी राजदूतबीच भेटवार्ता : द्विपक्षीय सम्बन्ध र संसदीय सहकार्यमा जोड

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

एकै दिन २ हजारभन्दा बढी सवारी चालक कारबाहीमा

एकै दिन २ हजारभन्दा बढी सवारी चालक कारबाहीमा

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८२ तथा कार्यान्वयनका लागि ५ बर्षे विस्तृत कार्ययोजना सम्बन्धि पैरवीमूलक कार्यशाला जनकपुरधाममा सम्पन्न

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८२ तथा कार्यान्वयनका लागि ५ बर्षे विस्तृत कार्ययोजना सम्बन्धि पैरवीमूलक कार्यशाला जनकपुरधाममा सम्पन्न

कामना सेवा विकास बैंकको सेयर सर्वसाधारणका लागि खुला

कामना सेवा विकास बैंकको सेयर सर्वसाधारणका लागि खुला

अस्वच्छ खानाले स्वास्थ्य जोखिम बढाएको निष्कर्षपछि गृह मन्त्रालयको कडा निर्देशन

अस्वच्छ खानाले स्वास्थ्य जोखिम बढाएको निष्कर्षपछि गृह मन्त्रालयको कडा निर्देशन

जुलाईमा आउँदैछन अल्फा देखी धमाल ४ सम्मका बलिउड फिल्म (सुचीसहित)

जुलाईमा आउँदैछन अल्फा देखी धमाल ४ सम्मका बलिउड फिल्म (सुचीसहित)

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!