उमेश साह/सप्तरी,माघ २९ गते।सप्तरीको बोदे बर्साईन नगरपालिका वार्ड न०८ रजपट्टिमा पहिलो टि-20 क्रिकेट खेल संचालन गरिएका थियो । श्री जितमाहान बाबा युवा क्रिकेट कल्व रजपट्टि द्वारा संचालित पहिलो नकआउट टि-20 क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा श्री श्री १०८ श्री नाग बाबा युवा कृकेट देउरीको सान्दार जीत भएको छ। एक कार्यक्रमको बिच खेलकुद समितिको अध्यक्ष पशुपति यादवको अध्यक्षतामा , प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादव द्वारा खेलको बिजेता हुने देउरी टिम लाई मेडेल ,कप र पुरुस्कार समेत दिएका छन् । र उपबिजेता हुने टिमलाई वार्ड अध्यक्ष तपसी यादवले मेडेल कप र पुरुस्कार दिनु भएको थियो ।
बिशिष्ट अतिथि सशस्त्र बेस क्याम्प बोदे बर्साईन प्रमुख उत्सव बिष्ट र ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख अरुण सिंह , अतिथिहरुमा बोदे बर्साईन नगरपालिका वार्ड न०८, ०९ र १० को अध्यक्ष लक्षमि प्रसाद साह ,तपशी यादव, सुमित यादव त्यसै गरि अतिथिहरुमा पत्रकार उमेश कुमार साह, नपा मनोनीत सदस्य श्रीप्रसाद भगत , नपा खेलकुद समिति अध्यक्ष कामेश्वर यादव , वार्ड सदस्य पुरन यादव , शिव ना ठाकुर ,दिलिप यादव , भिखरी यादव ,काचन स्वास्थ प्रमुख कृष्ण महासेठ, शिक्षक बिमल यादव लगाएत अन्य गाउँवासी , युवा , बुद्धिजीवी समेतको उपस्थिति थियो।
आज भएको फाईनल खेलमा बोदे बर्साईन न पा ०९ देउरी र बोदे बर्साईन न पा १० अमरैया बिच भएको थियो ।उक्त खेलमा देउरीले ट्च जेटेर २० ओभरमा ६ विकेट गुमाएर कुल २०१ रनको टार्गेत अमरैया टिम लाई दिनु भएको थियो । उक्त खेलमा देउरी टिमका खेलाडीहरुमा इमरान जोशीले ५६ रन , मिकेशले ५९ रन , आदर्श यादवले ( कप्तान ) ४२ रन , पपु १६ रन गरि अन्य देउरी टिमका खेलाडी द्वारा २०१ रनको योगफल अमरैया टिमलाई दिनु भएको थियो जसमा अमरैया टिमले ४६ रनले र सम्पुर्ण विकेट गुमाउनु भएको थियो ।खेलको उत्कृष्ट खेलाडीको रूपमा देउरी टिमको मुकेश यादव जस्मा ५९ रन र ३ विकेट आफ्नो नाम गर्नु भएको थियो , वेस्ट किपर देउरी टिम देब कान्त , मयान अफ द सिरिज देउरी टिमको दयान्द , बेस्ट फिल्डरको रुपमा अमरैया टिमका बालेश्वर समेत भएको थियो।















Discussion about this post