महोत्तरी,माघ २४ गते।महोत्तरीबाट नक्कली नोट सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। शुक्रवार दिउँसो २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत सितामढी ग्राम पंचायत नरगा लक्ष्मीपुर २ बस्ने ३५ वर्षीय साबिर अंसारी र सितामढी ग्राम पठनपुर १४ बस्ने ४२ वर्षीय जियाउल अंसारी रहेका छन् ।
२ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर र महोत्तरीको अस्थाई प्रहरी पोष्ट नगरपालिका जलेश्वरबाट खटेको संयुक्त प्रहरी टोलीले रामानन्दन विशेश्वर महेन्द्र क्याम्पस अगाडि भारतीय नम्बर प्लेटको गाडी चेकजाँच गर्दा अवैध नक्कली नोटहरू फेला परेको महोत्तरी प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट ५ सय दरका २७ थान गरी जम्मा १३ हजार ५ सय नक्कली नेपाली नोट फेला परेको प्रहरीले बताएको छ ।














Discussion about this post