जनकपुरधाम, २१ मघ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकतान्त्रिक शक्तिहरुलाई एकजुट भएर अघि बढ्नुपर्ने विकल्प नरहेको बताएका छन् ।

प्रदेशसभाको तेश्रो वार्षिकोत्सवको अवसरमा बुधवार आयोजना गरिएको कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न नै यो संवैधानिक ‘कु’ भएको दावी समेत गरेका हुन् ।
‘मुलुकमा तानासाही प्रवृति हावी भएको छ, त्यस्ता अलोकतान्त्रिक तानाशाही प्रवृतिविरुद्ध परिवर्तनकारी शक्तिहरुलाई एकजुट भएर अघि बढ्नुको विकल्प छैन्’ मुख्यमन्त्री राउतले भने–‘तर, केही राजनीतिक दलहरु पनि स्वार्थमा लागेर प्रतिगामी कदमलाई सहयोग गर्दै आएको छ, चुनाव होला र आफुहरुलाई फाइदा हुने भन्ने भ्रम पालेर ।’त्यस्ता भ्रममा नपर्न मुख्यमन्त्री राउतले आग्रह पनि गरे ।

‘व्यवस्था रहे मात्र कुनै दल वा व्यक्ति आफनो विचारलाई स्थापित गर्न सक्दछन, सत्तामा पुग्न सक्दछन । व्यवस्था नै नरहे कहाँ लडनु हुन्छ । तसर्थ आउ संगै मिलेर प्रतिगमन विरुद्ध लडौ । अर्को विकल्प हामी संग छैन ।’ मुख्यमन्त्री राउतले भने ।
कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशसभामा पक्ष र प्रतिपक्षको अनुभूति आफुहरु कहिलै नगरेको र अगामी दिनमा समेत गर्नु नपर्ने विश्वास व्यक्त गरे । कानून निर्माण लगायतको विषयमा प्रतिपक्षबाट पाएको सहयोगको लागी प्रतिपक्षी दल एवं प्रदेशसभा सदस्यहरुलाई धन्यवाद दिदै मुख्यमन्त्री राउतले अहिलेको प्रदेश सभाले बनाएको एक जुटताको परम्परा अगामी दिनमा समेत कायम रहेन विश्वास दिलाए ।
सभामुख सरोज कुमार यादवको अध्यक्षता तथा प्रदेश प्रमुख तिलक परियारको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मन्त्रीहरु, प्रतिपक्षीदलका नेताहरु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।





















Discussion about this post