उमेशकुमार साह,बोदे बरसाईन/माघ १७ गते।सप्तरीको बोदे बर्साईन नगरपालिका वार्ड न०६ प्रीतमपुरमा पहिलो मेयर टि-20 क्रिकेट खेल संचालन गरिएको छ। श्री दिहवार बाबा युवा क्रिकेट कल्व प्रीतमपुर द्वारा संचालित पहिलो मेयर टि-20 क्रिकेट प्रतियोगिता २०७७ साल माघे पर्वको शुभ अवशरमा आज अन्तिम खेलमा बोदे बर्साईन नगरपालिका वार्ड न. ५ र ४ ( भाटिन- सिल्हट ) सन्युक्त टिमले सान्दार हात पारेको छ ।एक कार्यक्रमको बिच प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादव द्वारा खेलमा बिजेता हुने टिमलाई प्रमाणपत्र र नगद समेत प्रदान गरेको छ।

बिशिष्ट अतिथि-वार्ड न ६ को अध्यक्ष जयराम साह द्वारा उपबिजेता हुने टिमलाई मेडेल र नगद प्रमाणपत्र समेत दिएका छ्न ।अतिथिहरुमा ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख अरुण सिंह , बोदे बर्साईन नगरपालिका वार्ड न ०४ को अध्यक्ष रामानन्द चौधरी , नगर खेलकुद समिति बोदे बर्साईनको अध्यक्ष कामेश्वर यादव ,मा.बि.बोदे बर्साईनको शिक्षक जितेन्द्र प्रसाद गुप्ता त्यसै गरि पत्रकार उमेश कुमार साह लगाएत अन्य गाउँवासी , युवा , बुद्धिजीवी समेतको उपस्थिति र हजारौं सङ्ख्यामा खेलप्रेमीको उपस्थिति थियो।उक्त खेलको एमपायरमा बिरेन्द्र कुमार यादव र राम बालक यादव समेतलाई मेडेल र प्रमाणपत्रले समान गरेका छन।

आज भएको फाईनल खेलमा बोदे बर्साईन न पा ०६ र ०५ को बिच भएको खेलमा टस जितेर व्याटिङ्ग गर्दै भाटिन प्रसाहीले २० ओभरमा १ सय ४१ रनको लक्ष्य तयार पारे थियो ।जवाफी खेलमा मल्हनिया ब्याटिङ खेल्दै गर्दै ११ ओभरमा सबै विकेट गुमाएका छन ।उक्त खेलमा १६ वटा टिमले सहभागीता जनाएका छन्।















Discussion about this post