दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टीट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा प्रदेश- २ ले कर्णालीलाई फराकिलो अन्तरले पराजित गरेको छ ।प्रतियोगितामा समूह चरणबाटै बाहिरिने निश्चित भएको प्रदेश- २ ले कर्णालीलाई सोमबार १ सय ४३ रनले पराजित गर्यो ।
प्रदेश- २ ले प्रस्तुत गरेको १ सय ६६ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २२ रनमा सिमित हुन पुग्यो। कर्णालीका लागि ओपनर ब्याटर त्रिशना विश्वकर्माले ७ रन र आयुशा टन्डनले अविजित रहदै ४ रन जोडिन्।
बलिङतर्फ प्रदेश -२ का लागि सरस्वती कुमारी र कविता गौतमले समान ३ विकेट लिए। सन्तोषी चौधरी र आरती चौधरीले पनि १/१ विकेट हात पारे। त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश -२ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ३ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो।
ठूलो योगफल खडा गर्ने क्रममा प्रदेश-२ का ओपनर ब्याटर अनुराधा चौधरीले अर्धशतकीय पारी खेलिन्। अविजित रहेकी उनले ६० बलमा ६ चौकासहित ६९ रन बनाइन्।टिमले सुरुवाती देखिनै राम्रो सुरुवात गरेको थियो ओपनरद्वय अनुराधा चौधरी र सोभा आलेले ६६ रनको साझेदारी गरेका थिए।
यो सँगै प्रतियोगिताको समूह ए मा रहेको कर्णालीले समूह चरणका सबै खेल गुमाउँदै यात्रा समापन गरेको छ । यता प्रदेश -२ अघिल्ला दुवै खेल हारेको थियो।यस समूहबाट लुम्बिनी प्रदेश र विभागीय टोली एपीएफ सेमिफाइनल पुगेका छन्।














Discussion about this post