nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

उखु किसानको बक्यौता भुक्तानी एक साताभित्र गर्न संसदीय समितिको निर्देशन

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २, २०७७, ६:४० मध्यान्ह
सर्लाहीका उखु किसानद्वारा माइतीघरमा प्रदर्शन

काठमाडौँ।संसदीय समितिले एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ ।आज बसेको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई रकम भुक्तानीका लागि निर्देशन दिएको हो ।

समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उखुको रकम भुक्तानी नदिएको भन्दै किसान आन्दोलित बनेपछि समितिले एक साताभित्र भुक्तानी सकेर प्रतिवेदन पेश गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिइएको बताए ।

“गत वर्ष पनि किसान विभिन्न उद्योगले रकम नदिएको भन्दै आन्दोलन गर्न काठमाडौँ आउनुभएको थियो, एक वर्ष अगाडि भएको सहमतिअनुसार अझै भुक्तानी नभएपछि हामीले भुक्तानी गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएका हौँ”, उनले भने , “उखु किसानको समस्या अहिले नै समाधान हुन्छ, उखुको रकम भुक्तानी नपाएको भन्दै अर्काे वर्ष आन्दोलन गर्नुपर्ने अवस्था आउँदैन ।”

समितिले ११ वटै चिनी उद्योगमा कार्यरत श्रमिकको अवस्थाका बारेमा स्थलगतरुपमा अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

लामो समयदेखि केही चिनी उद्योग बन्द भएका र अन्य उद्योगले समेत श्रमिकलाई बेवास्ता गर्ने गरेको सूचना समितिमा आएको भन्दै स्थलगतरुपमा अध्ययन गरेर समस्या समाधानको व्यवस्था मिलाई विवरण उपलब्ध गराउन श्रम मन्त्रालयलाई निर्देशन दिइएको सभापति श्रीवास्तवले जनाकारी दिए ।

श्रीरामले तीन दिनमा रकम भुक्तानी गर्ने

लामो समयदेखि बन्द रहेको श्रीराम सुगर मिलले तीन दिनभित्र बाँकी रकम भुक्तानी गरिसक्ने सहमति जनाएको उद्योग मन्त्रालयले जनाएको छ ।

समितिको बैठकमा उद्योगमन्त्री लेखराज भट्टले श्रीराम मिलका सञ्चालकले तीन दिनभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।

“हामीले पकटपटक आग्रह गर्दा उद्योगीले बाँकी रकम भुक्तानी गर्न आनाकानी गरे, हामीले बाध्य भएर कानूनी प्रक्रियाअनुसार तीन चिनी उद्योगका सञ्चालकलाई कारवाही गर्न गृह मन्त्रालयमा पत्राचार गरेका थियौँ”, उनले भने, “गृह मन्त्रालयले पक्राउको सम्पूर्ण अधिकार सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएर कारवाहीको निर्देशन दिएपछि श्रीरामका सञ्चालकले भुक्तानी दिने सहमति गरेका हुन् ।”

उनका अनुसार श्रीराम सुगर मिलका सञ्चालकले शुक्रबारबाट तीन दिनभित्र बाँकी सबै रकम किसानको खातामा राख्ने सहमति गरेको छ । उद्योग मन्त्रालयको तथ्याङ्कअनुसार श्रीरामले रु ३५ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी छ ।

गत वर्षको पुस १८ गते सरकार, चिनी मिल र उखु किसानबीच भएको सम्झौताअनुसार रकम भुक्तानी नपाएको भन्दै गत आइतबारदेखि उखु किसानले काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।

मन्त्रालयको तथ्याङ्कअनुसार महालक्ष्मी सुगर मिलको रु २० करोड, लुम्बिनी चिनी मिलको रु आठ करोड ४१ लाख, इन्दिरा सुगर मिलको रु चार करोड ७० लाख, अन्नपूर्ण सुगर मिलको रु १७ करोड र श्रीराम सुगर मिलको रु ३५ करोड गरी पाँच चिनी मिलबाट रु ६५ करोड ३१ लाख रकम भुक्तानी गर्न बाँकी छ ।

Tags: उखु किसान

Discussion about this post

Related Posts

यस्तो रहेको थियो दिया मिर्जाको ५०० पुरुषका अगाडि नर्तकी दृश्य सुटिङको अनुभव

यस्तो रहेको थियो दिया मिर्जाको ५०० पुरुषका अगाडि नर्तकी दृश्य सुटिङको अनुभव

लहानको कवाडी गोदाममा आगलागी, करिव २५ लाख बराबरको क्षति

भारतको एक प्रसुती गृहमा आगलागी हुदाँ तीन शिशुको जलेर मृत्यु

नक्कली समाचार फैलाए गोबिन्दाले मानहानी मुद्दा हाल्ने

नक्कली समाचार फैलाए गोबिन्दाले मानहानी मुद्दा हाल्ने

माल्दिभ्स लगायो भ्यापिङ र इ चुरोटमा प्रतिबन्ध, अब आयात गरेमा ५० हजार जरिवाना

माल्दिभ्स लगायो भ्यापिङ र इ चुरोटमा प्रतिबन्ध, अब आयात गरेमा ५० हजार जरिवाना

घरमै फूल र गोबरबाट सुगन्धित अगरबत्ती बनाउने यो हो सजिलो तरिका

घरमै फूल र गोबरबाट सुगन्धित अगरबत्ती बनाउने यो हो सजिलो तरिका

संघीय संसद अन्तरगतका ५ समितिको बैठक बस्दैँ

संघीय संसद अन्तरगतका ५ समितिको बैठक बस्दैँ

आजको मौसमः देशैभर मध्यम बर्षा हुने

आजको मौसमः देशैभर मध्यम बर्षा हुने

मंगलवारदेखि जनकपुरधामस्थित अतिक्रमित पोखरीहरुको रेखांकन

मंगलवारदेखि जनकपुरधामस्थित अतिक्रमित पोखरीहरुको रेखांकन

तीज गीतमा सुनको महँगीदेखि बेरोजगारीसम्मका नेपाली महिलाका गुनासा(भिडियो सहित)

तीज गीतमा सुनको महँगीदेखि बेरोजगारीसम्मका नेपाली महिलाका गुनासा(भिडियो सहित)

रिता तामाङले जितिन `मिसेस ब्युटीफूल नेपाल´को उपाधी

रिता तामाङले जितिन `मिसेस ब्युटीफूल नेपाल´को उपाधी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि