शैलेन्द्र महतो,महोत्तरी ।महोत्तरीको सम्सी गाउँपालिका ५ मा ट्याक्टर दुर्घटना हुँदा एक भारतीय महिलाको ज्यान गएको छ भने अन्य चारजना घाइते भएका छन्।मृत्यु हुनेमा भारत बिहार सीतामढी ग्रामपञ्चायत लालबन्दी दरबार ३ बस्ने ५० वर्षीया महरिया देवी छन्। ट्याक्टर पल्टिँदा टेलरमा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ।
शुक्रबार साँझ ना ४ त ८५७८ नम्बरको ट्याक्टर हुलाकी राजमार्ग अन्तर्गत सम्सी तर्फ जाँदै गरेको बेला अनियन्त्रित भएर सडकमै पल्टेको प्रत्यक्षदर्शीले बताएका भछन्।
यस्तै घाइते हुनेहरुमा भारत बिहार सीतामढी ग्रामपञ्चायत लालबन्दी दरबार ३ कै ४५ वर्षीया लक्ष्मीनिया देवी पण्डित, वर्ष १२ की खुसवु कुमारी पण्डित, वर्ष २८ की अमृता देवी पण्डित र सर्लाही कविलासी गाउँपालिका ४ बस्ने वर्ष ३५ की लालो देवी पण्डित घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरुको सम्सीकै जीवन ज्योती अस्पतालमा उपचार भइरहेको र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीचौकी पोखरभिण्डाले जनाएको छ।
नेपाल खबर बाट














Discussion about this post