nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भारतमा युवती बेचविखन गर्न खोज्ने तीन जना पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ७, २०७७, १०:४३ बिहान
भारतमा युवती बेचविखन गर्न खोज्ने तीन जना पक्राउ

बिराटनगर।किशोरीलाई भारत लैजान लागेको आशंकामा विराटनगरबाट तीन जना पक्राउ परेका छन्। विराटनगर नाका हुँदै एक किशोरीलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर–५ का २८ वर्षीय सुमितकुमार मण्डल, तिलाठीकैलाडी–१ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका–३ घर भई सुनसरीको रामधुनी–५ झुम्कामा डेरा गरेर बस्ने २२ वर्षीया मनिका ढकाल रहेका छन्। घटनाको प्रकृति हेर्दा किशोरीलाई बिक्री गर्न वा बलि दिन भारत लैजान खोजिएको हुन सक्ने प्रहरीको आशंका छ।

सुनसरीको रामधुनी–५ की १७ वर्षीया किशोरीलाई नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ इस्लामपुरको बाटो हुँदै भारत लैजान खोजिएको थियो। सोमबार साँझ ७ बजेतिर उनलाई साना हातहरु नामक संस्थाको सहयोगमा प्रहरीले सीमा क्षेत्रबाट उद्धार गरेको हो।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार प्रारम्भिक अनुसन्धानबाट घटनाका मुख्य योजनाकार सुमित र प्रदीप उनका सहयोगी रहेको खुलेको छ। सुमितले मनिकालाई प्रयोग गर्दै प्रदीपको पनि सहयोग लिएर किशोरीलाई भारत पुर्‍याउन खोजेको खड्काले बताए। ‘किशोरीलाई भारत लैजान खोज्नेहरूको नियत शंकास्पद देखिएकाले विभिन्न कोणबाट अनुसन्धान थालिएको छ,’ उनले भने।

एसपी खड्काले पैसाको प्रलोभन देखाएर विराटनगर ल्याइएकी किशोरीलाई भारत पुर्‍याउन खोजेको पाइएपछि घटनालाई गम्भीर रुपमा लिइएको बताए।

यसरी ल्याइयो किशोरीलाई

प्रहरीका अनुसार दिदीसँग झुम्कामा तरकारी व्यापार गर्दै आएकी मनिकाले चिनजानका आधारमा किशोरीलाई लिएर विराटनगर आएकी थिइन्। झुम्कामा बस्न थालेपछि मनिकाको चिनजान किशोरीको परिवारसँग भएको र किशोरीकी आमाले उनलाई भान्जी भनेर बोलाउने गरेका थिए। किशोरीको तीन/चार वर्षअघि फेसबुकमार्फत सप्तरी घर भएका सुमितसँग चिनजान भएको थियो। सम्पर्क बढेपछि नजिकिएका सुमितले किशोरीलाई विराटनगरसम्म ल्याउन मनिकालाई प्रयोग गरेको पाइएको छ।

प्रहरी स्रोतका अनुसार सुमितले सिकाए अनुसार मनिकाले आइतबार बिहान ७ बजेतिर विराटनगरमा एउटा पूजामा लैजाने र दुई घण्टापछि फर्किएर आउने भन्दै आमासँग अनुमति मागेर किशोरीलाई घरबाट ल्याएकी थिइन्। मनिकाले किशोरीको परिवारलाई पैसाको प्रलोभनमा समेत पारेकी थिइन्। मनिकाले पूजामा बसेपछि मोबाइल किनिदिने, लुगा कपडा र पैसा पनि पाइने प्रलोभन देखाएकी थिइन्।

दुई घण्टामा आइपुग्छौं भनेर चिनजानकी युवतीसँग बिहान निस्किएकी छोरी साँझ पर्दा पनि नफर्किएपछि घरमा उनको खोजी सुरु भएको थियो। एक्कासी साना हातहरु नामक संस्थाले सोमबार साँझ फोन गर्दै छोरीलाई सीमा क्षेत्रबाट उद्धार गरिएको जानकारी आमालाई दिएको थियो। त्यस क्रममा किशोरीले मनिकासँगै नचिनेका दुई व्यक्तिले आफूलाई भारत पुर्‍याएको र भागेर नेपाल आउन सफल भएको आमालाई बताइन्।

भागेर नेपाल आएँ : किशोरी

सीमा कटाएर भारतीय भूमिमा पुर्‍याएपछि किशोरीलाई एउटा गाडीमा हालेर भारतको फारविसगञ्जतर्फ लगिएको थियो। सीमा कटाएर जोगबनी हुँदै लगिएपछि किशोरीले आफू गाडीबाट हामफालेर भागेको प्रहरीलाई बताएकी छन्। ‘मलाई भारत पुर्‍याएको थाहा पाएपछि गाडीबाट हामफालेर भागें,’ उनले भनिन्, ‘चिच्याउन र कराउन थालेपछि नडराउन आग्रह गर्दै उनीहरु पनि मलाई पछ्याउँदै आए।’ त्यस क्रममा धेरै फकाउने काम उनीहरुले गरे आफूले नमानेको उनले बताइन्।

प्रहरीका अनुसार सुमितका भिनाजु रणदीर मण्डल भारतको सहरसा जिल्लाको झिट्कियामा बसेर निर्माण सम्बन्धी ठेक्का पट्टाको काम गर्ने गरेको खुलेको छ। भिनाजु र उनका भाइ वीरेन्द्र मण्डलसँग सम्पर्क गरेर सुमितले किशोरीलाई भारत पुर्‍याउन खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार किशोरीलाई लिएर जानेसँग नेपाली नम्बरको सीम मात्रै भएकाले भारतमा सीमले काम गरेन।

नेपालबाट जानेसँग भारतीय नम्बरको सीम नभएका कारण उनीहरुबीच सम्पर्क हुन सकेन। उनीहरुबीच सम्पर्क टुटेसँगै युवाहरुले शंकास्पद गतिविधि गर्न थालेको चाल पाएर आफू गाडीबाटै हामफालेर उम्किएको किशोरीले बताएकी छन्।

त्यसपछि किशोरीसँगै विराटनगरतर्फ आएका उनीहरुले इस्लामपुरमा भेट्दा शंकास्पद गतिविधि गरेको देखेपछि सोधीखोजी गर्न थालिएको साना हातहरु नामक संस्थाका मोरङ संयोजक विवश श्रेष्ठले बताए। भारत पुगेर फर्किंदै गर्दा इस्लामपुरबाट प्रहरीको सहयोग लिएर किशोरीको उद्धार गरेको उनले बताए।

किशोरीले आफूलाई कालो कपडा लगाएर पूजामा बस्नु पर्नेभन्दै सिकाएको पनि बताएकी छन्। प्रहरी प्रमुख एसपी खड्काले घटनामा संलग्नहरुको अरु ‘कनेक्सन’ खोतल्न थालिएको बताए। ‘उनीहरुको थप ‘कनेक्सन’ खोतल्दै घटनामा ककसको संलग्नता छ भन्ने बारेमा अध्ययन थालिएको छ’ खड्काले भने।

एसपी खड्काले पक्राउ गरिएका तीनै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार मुद्दा चलाउन मंगलबार म्याद थप गरेर घटनाको अनुसन्धान थालेको बताए।
साभार-नागरिक न्युज डट कम

Tags: पक्राउ

Discussion about this post

Related Posts

इंग्ल्यान्डलाई हराउँदै भारत टी–२० विश्वकप २०२६ को फाइनलमा

इंग्ल्यान्डलाई हराउँदै भारत टी–२० विश्वकप २०२६ को फाइनलमा

निर्वाचनमा खटिन इन्कार गर्ने कर्मचारीलाई कारबाही हुने

धनुषा-१ मा : निर्वाचन आयोगको निर्देशनपछि मात्र मतगणना सुरु गर्ने सुचना टाँस

सिरहामा मतगणना सुरु, क्षेत्र नं ४ मा रास्वपाको प्रारम्भिक अग्रता

सिरहामा मतगणना सुरु, क्षेत्र नं ४ मा रास्वपाको प्रारम्भिक अग्रता

पर्सामा एक हजार ९० अस्थायी मतदाता

धनुषामा निर्वाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहकाे उम्मेदवारी खारेज

धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहकाे उम्मेदवारी खारेज

जनकपुरधाम जेसीजले गर्‍यो अन्तरगृह परिक्रमामा सहभागी तिर्थालुहरुलाई नि : शुल्क स्वास्थ्य शिविर र खाद्यान्न सामाग्री वितरण

जनकपुरधाम जेसीजले गर्‍यो अन्तरगृह परिक्रमामा सहभागी तिर्थालुहरुलाई नि : शुल्क स्वास्थ्य शिविर र खाद्यान्न सामाग्री वितरण

स्वस्तिक हेल्थ केयर हस्पिटलद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २६ जनाद्वारा रक्तदान

स्वस्तिक हेल्थ केयर हस्पिटलद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २६ जनाद्वारा रक्तदान

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एकजना गम्भीर घाइते

पर्सामा एक हजार ९० अस्थायी मतदाता

पर्सामा एक हजार ९० अस्थायी मतदाता

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!