काठमाडौं । सरकारले डिजेल र मटितेलको मूल्य घटाएको छ । लिटरमा एक रुपैयाँ मूल्य घटेको नेपाल आयल निगमले जनाएको छ ।पेट्रोल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।
भारतीय आयल कर्पोरेसनले पाठएको नयाँ मूल्य सूचीमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । त्यसैका आधारमा डिजेलको मूल्य घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
नयाँ मूल्य सूचीअनुसार डिजेल र मट्टितेलको बिक्री मूल्य निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र प्रतिलिटर ९० रुपैयाँ तोकिएको छ ।
Discussion about this post