nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

शुक्र ग्रहमा जीवन हुनसक्छ भेटियो संकेत

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ३०, २०७७, ११:०२ बिहान
शुक्र ग्रहमा जीवन हुनसक्छ भेटियो संकेत

एजेन्सी । खगोल शास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा एउटा ग्यास भेटेका छन् जसले त्यहाँ जीवन भएको संकेत दिइरहेको छ । शुक्र ग्रहको बादलमा केही सूक्ष्म जीव तैरिरहेको हुनसक्ने सम्भावना जताइएको छ ।

भेटिएको ग्यासको नाम फस्फिन हो । एउटा यस्तो अणु जुन फस्फोरसको कण र तीन हाइड्रोजनको कण मिलेर बनेको छ ।

धर्तीमा फस्फिनको सम्बन्ध जीवनसँग छ । यो पेन्गुइन जस्ता जनावरको पेटमा पाइने सूक्ष्म जीवसँग जोडिएको छ र दलदलजस्तो कम अक्सिजन भएको स्थानमा पाइन्छ । यो ग्यास माइक्रो ब्याक्टेरिया अक्सिजनको अनुपस्थितीमा उत्सर्जित हुन्छ ।

फस्फिनलाई कारखानामा पनि बनाउन सकिन्छ तर शुक्र ग्रहमा त कारखाना छैनन् र निश्चित रुपमा त्यहाँ कुनै पेन्गुइन पनि छैनन् ।

त्यसो भए शुक्र ग्रहमा यो ग्यास किन छन्, त्यो पनि ५० किलोमिटर माथि ? बेलायतको कार्डिफ युनिर्भिटीका प्राध्यापक जेन ग्रिव्स र उनका सहकर्मीको मात्रै यहि प्रश्न छ ।

उनीहरुले नेचर एस्ट्रोनोमी नामको जर्नलमा एक पेपर प्रकाशित गरेको छ जसमा उनीहरुले शुक्रमा फस्फिन भेटिएको आफ्नो निगरानीलाई विस्तारसँग लेखेका छन् । साथै आफ्नो अनुसन्धानबारे लेखेका छन् जसमा उनीहरुले यो अणु कुनै प्राकृतिक, नन बायोलोजिकलमार्फत् बनेको हुनसक्ने बताउने कोसिस गरेका छन् ।

यद्यपि, वैज्ञानिकको समूहले शुक्रमा जीवन भेटिएको दाबी गरेका छैनन् । उनीहरुले यो सम्भावनाबारे थप पत्ता लगाउनुपर्ने बताएका छन् ।

कसरी भेटियो जीवनको संकेत दिने ग्यास ?
वास्तवमा कार्डिफ युनिभर्सिटीका प्राध्यापक जेन ग्रिव्स र उनका साथीले हवाईको मौना केआ अब्जरवेटरीमा जेम्स क्लर्क म्याक्सवेल टेलिस्कोप र चिलिमा रहेको अटाकामा ‘लार्ज मिलिटरी ऐरी टेलिस्कोप’ को मद्दतले शुक्र ग्रहमा निगरानी राखे ।

यसमा उनीहरुले फस्फिनको स्पेक्ट्रक सिग्नेचरबारे पत्ता लगाए । तत्पश्चात् वैज्ञानिकले शुक्र ग्रहको बादलमा यो ग्यास अत्यधिक मात्रामा भएको सम्भावना जताए ।

शुक्र ग्रहबारे हालसम्म जति पनि जानकारी प्राप्त छ र त्यहाँ जस्तो स्थिती छ, त्यो हेर्दा फस्फिनको जति मात्रा त्यहाँ भेटिएको छ, अहिलेसम्म फस्फिनको कुनै पनि अजैविक माध्यमबारे पत्ता लाग्न सकेको छैन । यसको अर्थ यो हो कि जीवनको सम्भावनामाथि विचार गर्न सकिन्छ ।

प्राध्यापक जेन ग्रिव्सले भने, ‘आफ्नो पूरा करियरमा म मेरो ब्रह्माण्डमा कतै पनि जीवन खोज्ने रुची रहेको छ । तसर्थ मलाई यो सम्भावना बारे सोचेर नै मज्जा आइरहेको छ ।’

यो यति रोचक किन ?
छिमेकी ग्रह शुक्रमा जीवनको सम्भावना सौर्यमण्डलको अन्य कुनै पनि ग्रहभन्दा कम मानिन्छ । शुक्रलाई बाइबलमा नर्क भनिन्छ ।

शुक्रमा वायुमण्डलको मोटो पत्र छ जसमा कार्बन डाइअक्साइड अत्यधिक छ । यसको वातावरणमा ९९ प्रतिशत कार्बन डाइअक्साइड छ । यो ग्रहमा वायुमण्डलीय दबाब पृथ्वीको तुलनामा ९० गुणा बढी छ ।

सतहको तापक्रम पिज्जाको ओभन जस्तै ४ सय डिग्री सेल्सियसभन्दा बढी छ ।

त्यसैले यदि तपाईंले शुक्र ग्रहमा खुट्टा राख्नुभयो भने तपाईं केही सेकेन्डमा नै उम्लन थाल्नुहुन्छ त्यसैले यदि शुक्रमा जीवन भइहाले पनि त्यो हामी ५० किलोमिटर माथि नै पाउने आशा गर्न सक्छौं । बीबीसी

Tags: बिज्ञान/प्रबिधि

Discussion about this post

Related Posts

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो फोन, गरिएको छ धेरै सुधार

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो फोन, गरिएको छ धेरै सुधार

कालाे चना खाने याे हाे सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

कालाे चना खाने याे हाे सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!