जनकपुरधाम । धनुषामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्लाको लक्ष्मिनियाँ गाउँपालिका २ सिनरजोडा बस्ने बद्रीनाथ साहलाई प्रहरीले पक्राउ गरेको छ ।
गत भदौ २० गते ती बालिकालाई ललाइफकाइ आफ्नो पसलमा बोलाइ छतमा लगेर मुख थुनेर बलात्कार गरेको गरेको सम्बन्धमा परेको उजुरीको आधारमा साहलाई बुधबार साँझ पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।
बलात्कार गरेर फरार भएका साहलाई महोत्तरीको मठियानीमा लुकिछिपी बसेको अवस्थामा बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय, धनुषाको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post