काठमाडौ । विगत तीन वर्षदेखि प्रतिबन्ध लगाएको जग्गाको कित्ताकाट सरकारले फुकुवा गरेको छ ।३ बर्ष अगाडि तत्कालीन भूमि व्यवस्था मन्त्री गोपाल दहितले २६ साउन ०७४ मा कृषियोग्य भूमिको खण्डीकरण गर्नबाट रोक्न कित्ताकाटमा प्रतिबन्ध लगाएका थिए । अहिले तीन वर्षपछि आएर भूमि व्यवस्थामन्त्री पद्या अर्यालले उक्त प्रतिबन्ध फुकुवा गरेकी हुन् ।
मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नापी विभागलाई पत्राचार गर्दै जग्गा कित्ताकाटमा प्रतिबन्ध लगाउने निर्णय खुलाउने निर्णय गरेको हो ।
यो प्रतिबन्ध हटेसँगै प्लटिङ गर्नेहरूका लागि सहज हुने भएको छ भने घरपरिवारभित्रै पनि अंशबण्डाका लागि कित्ता काट गर्दा स्थानीय तहबाट लिनुपर्ने सिफारिससहितका अन्य प्रकियागत झन्झट हटेको छ ।
Discussion about this post