nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मान्छेलाई सतायो कोरोना भाइरसले,गाईभैँसी तथा पशुलाई सतायो पक्स भाइरसले

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ९, २०७७, ९:५७ बिहान
मान्छेलाई सतायो कोरोना भाइरसले,गाईभैँसी तथा पशुलाई सतायो पक्स भाइरसले

रमेश भारती ।मान्छेलाई कोरोना भाइरस ले सताइरहेको बेला गाईभैँसी तथा पशुलाई पक्स भाइरसले सताउन थलेको छ।
प्रदेश २ का जिल्ला सहित करिब एक दर्जनबढी जिल्लामा यो रोग फैलिदै गएको छ । गाईभैँसी तथा पशुलाई लाग्ने पक्स भाइरस समूहको लम्पी स्कीन रोग काठमाडौं उपत्यकासहित १ दर्जनभन्दा बढी जिल्लामा देखा परेको छ । गत असार महिनामा पहिलो पटक मोरङमा याे भाइरस गाईभैँसीमा देखिएको पशु सेवा विभागले जनाएको छ ।

हाल यो रोग झापा, मोरङ, सुनसरी, रौतहट, काभ्रे, मकवानपुर, तनहुँ, कास्की र काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा फैलिएको विभागले बताएको छ । यो भाइरसको प्रकोप सबैभन्दा बढी झापा, मोरङ र सुनसरीमा फैलिएको विभागकाे भनाइ छ ।

नेपालका विभिन्न जिल्लाका गाई र भैँसीमा लम्पी स्किन नामको भाइरस फेला परेको पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले जानकारी दिए ।

विभागका महानिर्देशक डा. शर्माका अनुसार संक्रमित गाईभैँसीमध्ये १० प्रतिशतकाे मृत्यु भएकाे, बाँचेका गाईभैँसीबाट दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने गरेकाे र बाँझोपन पनि देखिने गरेको छ ।

पक्स भाइरस लामखुट्टे, झिँगा, किर्ना, उपियाँ आदिबाट फैलिन्छ । त्यसबाहेक संक्रमित गाईभैँसीको लसपसबाट पनि अन्य गाईभैँसीमा यो रोग फैलिरहेको डा. शर्मा बताउँछन् ।

‘पक्स भाइरसको प्रकोप झापा, मोरङ र सुनसरीमा धेरै फैलिएको छ । यी जिल्लामा मात्र करिब ८० हजारभन्दा धेरै गाईभैँसी संक्रमित भएको विभागको अनुमान छ । अन्य जिल्लाका १० हजार गाईभैँसीमा याे भाइरसकाे संक्रमण रहेकाे अनुमान छ,’ उनले भने, ‘पक्स भाइरस गाईभैँसीमा देखिने लक्षणबाटै रोग पहिचान गर्न सकिने भएका कारण संक्रमण फैलlन नदिन प्रयास भइरहेको छ । संक्रमण फैलिएको जिल्लामा परिक्षण र रोकथामका लागि औषधि प्रयाेग भइरहेको छ ।’

डा. शर्माका अनुसार पक्स भाइरसको संक्रमण झिँगा, लामखुट्टे हराउँदै जाने भएका कारण कात्तिक, मंसिरदेखि मात्र नियन्त्रण हुँदै जान्छ । लम्पी स्किन रोग विशेषगरी गाई र भैँसीमा देखिने काप्री पक्स विषाणु समूहको लम्पी स्किन भाइरसले भएको उनी बताउँछन् ।

पूर्वी नेपालका विभिन्न जिल्ला हुँदै प्रदेश १, २ र बागमतीका केही जिल्लाका गाईभैँसीमा लम्पी स्किन संक्रमण देखिएको छ । हालसम्म पक्स भाइरसको संक्रमणबाट ६० वटाभन्दा बढी गाईभैँसीकाे मृत्यु भएको विभागले जनाएको छ ।

पक्स रोगका लक्षण

पक्स भाइरस रोग पहिचान गर्न सहज हुने विभागले बताएकाे छ । विभागका अनुसार पक्स भाइरस लागेका गाईभैँसीमा घाँस खान नरुचाउने, शरीरका विभिन्न भागमा गिर्खा देखिने, आँखामा कचेरा देखिने, मुखबाट फिँज निकाल्ने, उच्च ज्वरो आउने, सिँगान बग्नेजस्ता लक्षण देखिन्छ ।

त्यस्तै, शरीरमा आएका खटिराबाट तरल पदार्थ बगिरहने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छोड्ने र मृत्युसमेत हुन्छ ।

पक्स रोगबाट गाईभैँसीलाई कसरी बचाउने ?

महानिर्देशक डा. शर्माका अनुसार पक्स भाइरसको ठोस उपचार नभएका कारण रोग देखिएको क्षेत्रबाट गाईभैँसी ओसारपसार रोक्ने, गोठवरिपरिको वातावरण सफा राख्ने र झिँगा, लामखुट्टेजस्ता परजीवीबाट जोगाउने नै याे राेगकाे राेकथाम गर्ने उपाय हाे ।

अफ्रिकीबाट फैलिएको रोग

पक्स भाइरस पहिलो पटक अफ्रिकी देश जिम्बाबेमा सन् १९२९ देखा परेको थियो । यो रोग सन् २०१२ जुलाईमा बंगलादेश र चीनमा देखिएकाे थियाे ।

त्यस्तै, याे राेग सन् २०१९ मा भारतमा फैलिएको थियो । नेपालमा भन्ने गत असार महिनामा पहिलो पटक मोरङमा देखा परेको केन्द्रीय पशु रोग अन्वेषण शाखाले जनाएको छ ।

गत असारमा गरिएको परीक्षणमा नेपालमा यो रोग भित्रिएको पुष्टि भएको अन्वेषण शाखाले जनाएको छ ।

हालसम्म विश्वका ८० वटाभन्दा धेरै देशमा पक्स भाइरस फैलिएको छ । ५ लाखभन्दा धेरै गाईभैँसी याे रोगबाट मरिसकेका छन् । यस रोगविरुद्धको खोप हाल नेपालमा उपलब्ध छैन । खाेप उपलब्ध नभएका कारण रोग देखिएको क्षेत्रबाट गाइभैँसीको ओसारपसार बन्द गर्नु र गोठवरिपरिको वातावरण सफा राख्नु नै रोगविरूद्धको मुख्य उपचार भएको विभागकाे भनाइ छ ।

विभागका अनुसार यो रोगबाट संक्रमित गाईभैँसीबाट जन्मिएका बाच्छाबाच्छी र पाडापाडीमा समेत याे राेग सरेकाे हुन्छ । रोगको ठोस उपचार नभएकाले प्राविधिकको सल्लाहमा लक्षणअनुसारको उपचार गर्न विभागले सुझाएकाे छ ।

कोरोना भाइरसले विश्व नै आक्रान्त भइरहेको अवस्थामा पशुमा पनि नयाँ भाइरस देखिन थालेपछि भाइरस संक्रमण फैलिएको जिल्लाका किसान झनै समस्यामा परेका छन् । यो रोगका कारण दूध बेचेर जीवन निर्वाह गरिरहेका किसानलाई ठूलाे मर्का परेकाे छ ।

रमेश भारती / शिलापत्र

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!