काठमाडौ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै चैत ११ पछिको लकडाउनमा सवारी चालक अनुमति पत्र नवीकरण म्याद लकडाउन अबधिमा सकिए भदौसम्म नवीकरण गर्दा जरिवाना नलाग्ने जानकारी दिएको छ।
यसअघि पनि यस्तो सुविधा दिने भनिएपनि प्रणालीमा त्यस्तो छुट दिने गरी व्यवस्था नगर्दा यातायात कार्यालयले जरिवाना उठाएका थिए ।अहिले विभागले सिस्टमलाई ‘मोडिफिकेसन’ गरेर भदौसम्म नवीकरण गर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको हो ।
Discussion about this post