जनकपुरधाम।स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ३१२ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या ८ हजार ८ सय ३२ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमतीमा गरिएको परीक्षणमा ५७ महिला र २ सय ५५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज पर्सामा सबैभन्दा बढी १ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो त्यस्तै सर्लाहीमा ७९, धनुषामा ३७, रौतहटमा १७, बारामा १३, सप्तरीमा १२, महोत्तरीमा ११ र सिरहामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने यस प्रदेशमा आज ३ जनाको मृत्यु भएको हो ।
सिन्धुली घर भई हाल लालबन्दी, सर्लाहीमा रहेका ३३ वर्षीय महिला, राजविराज नगरपालिका वडा नं. ७ का ७७ वर्षीय पुरुष र धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० रुपैठाका ५८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको विजय झाले बताए । यस सँगै मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।
कोरोनाबाट सबैभन्दा बढी पर्सामा २८ जना, धनुषामा ११, बारामा ७, सप्तरीमा ५, सिरहा, सर्लाही र रौतहटमा तीन÷तीन जना र महोत्तरीमा २ जनाको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा ५२ पुरुष र १० महिला रहेका छन् ।
कोरोनाबाट सबैभन्दा बढी संक्रमित रहेको यस प्रदेशमा अहिले ४ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये ३ हजार ५ सय संक्रमित होम आइसोलेशनमा रहेका छन् भने १ हजार ३३ जना आइसोलेशनमा रहेका छन् ।
कोरोनाबाट निको भएर ४ हजार २ सय ३७ जना आफ्नो घर फर्केका छन् । आज मात्र यस प्रदेशमा ५३ जना निको भएर आफ्नो घर फर्केका छन् ।
Discussion about this post