एजेन्सी। श्रीमानले दोस्रो विवाह गरेको श्रीमती अर्केसँग भागेको समाचारहरु सुन्ने हर्ने गरेका छौ तर श्रीमतीले आफ्नै श्रीमानको दोस्रो विवाह धुमधामका साथ गरेको सयदै सुन्नु भएको होला तर भारतको झारखाण्डमा भएको एक घटनाले भने सबैलाई चकित पारिदिएको छ । झारखाण्डमा एक महिलाले आफ्नै श्रीमानको दोस्रो विवाह धुमधामका साथ गराइदिएकी छन् । झारखण्डस्थित राजनगर जिल्लामा बसोबास गर्दै आएका ६० वर्षीया वृद्ध ललमोहन महतोले आफुनै श्रीमतीको राजी खुशीमा दोस्रो विवाह गरेका हुन् ।
अझै रोचक विषयको कुरा त तब बन्यो जब ६० वर्षका वृद्धले २३ वर्षकी युवतीसँग दोस्रो विवाह गरे । जेठी श्रीमती सरला महतोको कोखबाट छोराले जन्म नलिएपछि दई दम्पत्तीले दोस्रो विवाह गर्ने निर्णय गरेका हुन् । सरलाबाट दुई छोरी छन् । छोराको चाहानाले नै ललनमोहनले २३ वर्षीय चेती महतोलाई दोस्रो श्रीमतीको रुपमा भित्राएका हुन् ।
श्रीमतीले नै दोस्रो विवाह गरिदिए पछि सो विवाह हेर्न आउनेको भिड लागेको खबर समाचार पत्रले उल्लेख गरेको छ ।
Discussion about this post