जनकपुरधाम । माछा मार्ने क्रममा गौतम बुद्धको मूर्ति फेला पारेका महोत्तरीको मनरा सिस्वा नगरपालिका ९ बथनाहाका २० बर्षीय बलिन्द्र सदालाई बुधबार दिउँसो एसएसबीको टोलीले नियन्त्रणमा लिएको महोत्तरीका युवक रिहा भएका छन् ।सादाले माछा मार्ने क्रममा नेपाली सीमामा रहेको खाल्डोबाट बुद्धको मूर्ति फेला पारेको थियो । फेला परेको मूर्ति घर ल्याएपछि गाउँभरि हल्ला फैलिएको थियो ।
मूर्ति कहाँ भेटाएको हो भन्दै ठाउँ देखाउन बोलाएको एसएसबीले उनलाई भारतीय सीमाबाटै नियन्त्रणमा लिएको थियो । तर उनलाई बुधबार साँझ छाडिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । ‘उनी एसएसबीको नियन्त्रणमा रहेको जानकारी पाए लगतै हामीले भारतीय सुरक्षा बलसँग समन्वय गरेका थियौं’ उनले भने, “त्यही आधारमा उनी छुटेका छन् ।’उनी आफ्नो घर आइपुगेको कटुवालले बताए । सदाले फेला पारेको बुद्धको मूर्ति उनीसँगै छ ।
यसबारे अनुसन्धान गर्न देशका सुरक्षाकर्मीबीच छलफल भएको र तत्काल सदाकै घरमा राखिएको उनले बताए । ‘अनुसन्धान भएपछि मूर्ति कसलाई दिने भन्ने निष्कर्ष निकालिनेछ’ उनले भने ।
Discussion about this post