nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भगवान् श्रीकृष्णको पूजा आराधना गरी आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

सजिलो पोस्ट सजिलो पोस्ट
२०७७ श्रावण २७, मंगलवार ०९:२५
भगवान् श्रीकृष्णको पूजा आराधना गरी आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

सजिलो पोस्ट डेस्क।वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।आज कै दिन भगवान् श्रीकृष्णको जन्म पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा भएको शास्त्रमा वर्णित गरिएको छ । भगवान् श्रीकृष्णलाई ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ ।

‘‘धर्तीमा दुष्ट र पापीको अत्याचार रहँदा म पुनः धर्तीमा आउने छु र धर्मको उत्थान गर्नेछु,’’ भन्ने उद्घोषलाई मनन गर्दै कृष्णाष्टमी मनाउने गरिन्छ ।

भक्तजनहरुले भगवान् श्रीकृष्णको बाल्यकालको बाल सुलभता, गोपिनीसँगको प्रेम स्नेह र बाँसुरीको धुनद्वारा सबैलाई मोहित गराउने प्रेमगाथालाई आजसम्म संस्मरण गर्दै आएका उनको पूजा– आराधना गर्दै आएकाछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ ।

विगतका वर्षहरुमा मुलुकभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण कृष्ण मन्दिरमा खासै चहल पहल छैन । शोभायात्रा निकाल्ने र झुला झुलाउने काम पनि नगर्न स्थानीय प्रशासनले आग्रह गरेका छन् ।

पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ ।

महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त ‘श्रीमदभागवत गीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ ।

Discussion about this post

Related Posts

मधेश प्रदेशका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन

मधेश प्रदेशका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन

जनकपुरधाममा पनि ४४औँ विश्व पर्यटन दिवस मनाइयो

जनकपुरधाममा पनि ४४औँ विश्व पर्यटन दिवस मनाइयो

गौ ह त्या विरोधमा जनकपुरधाममा शुक्रबार प्रदर्शनको तयारी

गौ ह त्या विरोधमा जनकपुरधाममा शुक्रबार प्रदर्शनको तयारी

विवाह गरीसकेकी वेहुली नवौं पटक बेहे गर्न लाग्दा पक्राउ, स्वास्थ्य जाँच गर्दा सबैको होस् उडायो !

एक १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी,आरोपमा सप्तरीको एक युवक पक्राउ

बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा

‘पैगम्बर मोहम्मद’ दिवसमा मधेस प्रदेशमा सार्वजनिक बिदा (सूचना सहित)

सवल नेपालद्वारा बहिरा र सुस्त मनस्थिति बालबालिका लाई ३ दिने सांकेतिक भाषा तालीम

सवल नेपालद्वारा बहिरा र सुस्त मनस्थिति बालबालिका लाई ३ दिने सांकेतिक भाषा तालीम

आज जलेश्वरनाथ को दर्शन संगै २०८० साल असोज १० गते बुधबार को राशिफल हेर्नुहोस

आज जलेश्वरनाथ को दर्शन संगै २०८० साल असोज १० गते बुधबार को राशिफल हेर्नुहोस

सप्तरीको तिलाठी कोईलाडीमा विभिन्न पार्टी परित्याग गर्दै सयौं जना नेताकार्यकर्ता जनमतमा प्रवेश

सप्तरीको तिलाठी कोईलाडीमा विभिन्न पार्टी परित्याग गर्दै सयौं जना नेताकार्यकर्ता जनमतमा प्रवेश

सप्तरी प्रहरीद्वारा ठगी तथा अपराधिक विश्वासघात एवं बैंकिङ कसुर सम्बन्धि मुद्दाका आरोपी यादव प क्राउ

सप्तरी प्रहरीद्वारा ठगी तथा अपराधिक विश्वासघात एवं बैंकिङ कसुर सम्बन्धि मुद्दाका आरोपी यादव प क्राउ

महोत्तरी : अवकाशकाे मुखमा पिटाइ, प्रहरीले नै कुटाइ खाएपछि

महोत्तरी : अवकाशकाे मुखमा पिटाइ, प्रहरीले नै कुटाइ खाएपछि

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि