काठमाडौं ।मंगलबार निगमले गरेको निर्णय अनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको हो ।पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।
अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य ८७ रुपैयाँ पर्नेछ । निगमका प्रवक्ता नितिन मणि उपाध्यायका अनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएकाे छ ।
भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि मूलय बढाइएको निगमले जनाएको छ ।गत २० चैतमा पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएयता निगम मूल्य समायोजन गरेको थिएन ।
Discussion about this post