एजेन्सी । सलमान खान स्टारर चलचित्र ‘राधे’ को अब छायाङ्कन सुरु हुने भएको छ । गएको इदमा रिलिज गर्ने तयारी गरिएको चलचित्रले छायाङ्कन नसक्दै काम बन्द गर्नु परेको थियो । महाराष्ट्र प्रदेशले जारी गरेको नियमलाई पालना गरी छायाङ्कनमा जान अनुमति दिएपछि चलचित्रको रोकिएको काम सम्पन्न गरिने भएको हो ।इदको अवसरमा रिलिज हुन लागेको चलचित्र लकडाउनका कारण स्थगित भएको थियो । अब भने निर्माताहरुले दिवाली रिलिजको लागि लक्ष्य गरिरहेका छन् । लकडाउन खुकुलो भएपछि छायाङ्कनमा रोकिएका चलचित्रको लागी पनि केही राहत मिलेको छ । अब बिस्तारै चलचित्रहरू सुरक्षा अपनाएर छयान्कनमा गर्ने तयारी भैरहेको छ ।
Discussion about this post