काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै कुल संक्रमितको संख्या ५७६० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङअनुसार सबैभन्दा धेरै रौतहटमा ७६ जना, दाङका ५४ जना, सुर्खेतका ४०जना, दैलेखका २९जना, रुपन्देहीका २६ जना, धादिङका २५जना, डडेल्धुराका २४जना, कञ्चनपुरका २० जना, पाल्पामा १७ जना,पर्सा १७ जना ,कैलालीका १२ जनामा पनि संक्रमण पुष्टि भएको हो ।यस्तै, बाराका ९ जना, गुल्मीका ८जना, सर्लाही ६ जना, बझाङका ५जना, डोटी ३ जना, बर्दिया ३ जना,बाँकेका ३ जना, बर्दघाटमा २ जना,सुस्तापूर्वमा २ जना बर्दघाट सुस्तापश्चिम २ जना, प्युठानमा २ जना , रामेछापमा २ जना, धनुषा १ जना, सिन्धुलीमा १ जना , रुकुमपश्चिमका १ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङअनुसार बितेको २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् । जसमा ६ जना महिला र ५५ जना पुरुष रहेका छन् । योसहित नेपालमा कोरोना निको हुनेको कूल संख्या ९७४ पुगेको छ । निको भएर घर फर्किनेमध्ये पुरुष ८७७ जना र महिला ९७ जना रहेको छ ।
Discussion about this post