काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा २५० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४६१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहटमा ५७, दैलेखमा ४८, रुपन्देहीमा २९, बाजुरामा १८, रोल्पामा १४ र बाँकेमा १३ जना संक्रमित थपिएका छन् ।
यस्तै सप्तरीका ९ जना, दाङका ८ जना, बारा ७ जना, धादिङ ७ जना , सुर्खेत ७ जना,कैलालीका ७ जना, नवलपरासीका ६, प्युठान ४ जना, सर्लाही ४ जना, महोत्तरीका ४ जना, झापा ३ जना, सुनसरीका ३ जना तथा कपिलवस्तु २ जना र बझाङका २ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १८७ जना डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या हालसम्म ८६१ पुगेको छ ।
Discussion about this post