काठमाडौं ।नेपालमा आज थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४३६४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार २५७ जना पुरुष र २२ जना महिला रहेको छन।
मन्त्रालयले हालसम्म कोरानो निको भएर ६७४ जना घर फर्किएको जानकारी दिएको छ । जसमा ५९५ पुरुष र ७९ जना महिला रहेका छन् । यस्तै हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको हो ।
Discussion about this post