जनकपुर । प्रदेश २ मा पछिल्लो २४ घण्टामा १९६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।योसँगै प्रदेश २ मा संक्रमितको संख्या १५७३ पुगेको छ।
सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डाक्टर रामप्रसाद घिमिरेले प्रदेशको नियमित लाइभ अपडेट मार्फत प्रदेश २ मा १९६ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।जसमध्ये रौतहटमा जिल्लामा ६८ जनामा कोरोना संक्रमण पुष्टि भने महोत्तरी जिल्लामा ४४ जना, सर्लाही जिल्लामा ४३ जना, धनुषामा २२ जना, सिरहामा १३ जना र सप्तरी जिल्लामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए।
Discussion about this post