महोत्तरी।महोत्तरी जिल्लाको गौशालामा क्वारेन्टाईनबाट घर गएको एक दिन नबित्दै एक जना ४० वर्षका पुरूषको मृत्यु भएको छ । पीसिआर रिपोर्ट निगेटिभ आएपछी शनिबार क्वारेन्टाइनबाट गौशाला नगरपालिका १० बटौलास्थित घर गएका उनको आइतबार राति मृत्यु भएको हो ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार क्वारेन्टाईनबाट घर फर्किएका मण्डलले विगत २ दिनदेखि खाना समेत नखाई मदिरा सेवन गर्दै आएपछि उनको आइतबार राति मृत्यु भएको हो ।
गत जेठ ६ गते भारतको हरियाणाबाट आएका थिए । उनलाई गौशाला नगरपालिकाको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टाइनमा रहेका ती पुरूषसहित २६ जनाको स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीसहित २० जनालाई घर पठाइएको थियो । प्रमुख जिल्ला अधिकारी कटुवालले उनको मृत्युु रक्सी सेवनले नै भएको जिकीर गरे ।
गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले मृतकको फेरि स्वाब संकलन गरी मृतकको दाहसंस्कार गरिसकेको जानकारी दिएका छन ।
Discussion about this post