जनकपुर।प्रदेश २ सरकारले थप ४ वटा पीसीआर मेसिन खरीद गर्ने निर्णय गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा पिसिआर मेसिन संचालनमा रहेको जनकपुर, विरगंज र राजविराजको ल्याबमा एउटा –एउटा र रौतटहको गौर अस्पतालमा नयाँ ल्याब सेटअप गर्ने गरि चारवटा पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको हो ।यसैगरी समितिले प्रदेशमा कोरोना परीक्षणलाई तीब्रता दिन थप ५० हजार भिटिएम खरिद गर्ने निर्णय गरेको छ । यसको साथै परीक्षणमा प्रयोग हुने रिएजेन्ट लगायतका सामग्री समेत खरिद गर्न समितिले समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ।
Discussion about this post