सर्लाही ।जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार राती साढे ११ बजे मलङ्गवा नगरपालिका–८, झिलमिलियामाई मन्दिरबाट सोही ठाउँका ३७ वर्षीय राम दुलार रायलाई ८ किलो चरेससहित पक्राउ गरेको छ ।
रायकै बयानको आधारमा अनुसन्धान गर्दै जाँदा ‘मुस्लिम युथ हेल्प कमिटी’ मलङ्गवा–६, को नाममा रहेको ज १ च १४०७ नंं. को एम्बुलेन्सबाट थप १३५ ग्राम चरेस बरामद गरिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
८ किलो चरेससहित पक्राउ परेका राम दुलार रायले एम्बुलेन्स चालक मोहन राय यादवले अन्यत्रबाट एम्बुलेन्समै हालेर ल्याई लागुऔषध भारतसम्म पुर्याइदिन जिम्मा लगाएको बयान दिएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
Discussion about this post