कोरोना महामारी र लकडाउनका कारण तीन महिनादेखि बन्द रहेका मालपोत कार्यालयहरुबाट न्यूनतम सेवा प्रवाह गर्ने गरि आइतवारदेखि खुल्ने भएको छ ।भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना जारी गर्दै जेठ २५ गते आइतबारदेखि सबै मालपोत कार्यालय खोल्न निर्देशन दिएको हो।
भूमि ब्यवस्थापन विभागको महानिर्देशकमा शेषनारायण पौडेल नीति अनुसार विभागका शाखा अधिकृत कृष्णप्रसाद जोशीको हस्ताक्षरमा मातहतका कार्यालयहरुलाई आइतबारबाट कार्यालय खोल्न र काम सुचारु गर्न परिपत्र गरिएको छ ।मालपोत कार्यालयहरुबाट आंशिक सेवा दिने प्रक्रिया अगाडि बढाएका हुन् ।
Discussion about this post