सिराहा।सिरहामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका-१० श्यामपुर बस्ने ७६ वर्षीय नरमान राई लाई चट्याङ लागेर मृत्यु भएको छ ।
आफ्नो घरदेखि करिब २ किलोमिटर टाढा रहेको आँपको बगैचा हेर्न जाने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनापछि ईलाका प्रहरी कार्यालय धनगढीबाट गएको टोलीले मुचुल्का बनाएर शव पोष्टमार्टमका लागि लहान अस्पताल लगेको बताइएको छ ।
Discussion about this post